×

NMB BANK
NIC ASIA

बुटवलमा स्थानीय पाठ्यपुस्तक सार्वजनिक

कात्तिक २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रम अनुरूपमा नयाँ पाठ्यपुस्तक तयार पार्दै सार्वजनिक गरेको छ ।

Muktinath Bank

गत असारदेखि नै विद्यालयमा पठनपाठन भइरहेको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरू तयार पार्दै मंगलवार सार्वजनिक गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाठ्यपुस्तक सार्वजनिक गर्दै प्रमुख शिवराज सुवेदीले शैक्षिक उद्देश्य प्राप्तिका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउने गरी पाठ्यपुस्तक तयार पारिएको बताए ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकताको आधारमा वर्तमान अवस्थामा प्रयोगमा ल्याइएका आधारभूत तहका सामाजिक र नेपाली विषयका पाठ्यक्रमको सत्यापन गरी आवश्यकता अनुसार विषयवस्तु छनौट गरी तहगत उद्देश्य निर्धारण गर्दै पाठ्यपुस्तक तयार पारिएको प्रमुख सुवेदीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

स्थानीय मौलिकता, पहिचान र महत्त्वलाई बुझाउँदै माटो अनुरुपको उचित शिक्षाको खाँचो रहेको उल्लेख गर्दे प्रमुख सुवेदीले बुटवल र सेरोफेरोको ऐतिहासिक महत्त्व झल्काउने गरी पुस्तक बनाइएको बताए  । 

बुटवलको ५ वर्षे शैक्षिक योजना अन्तर्गत सबै सामुदायिक विद्यालयलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेटिएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षाविद्हरूको संलग्नतामा बुटवलले विशेष कार्यदल गठन गरेको थियो । कार्यदलले २०७५ असारमा पाठ्यक्रम तयार पारेको थियो । यो १०० पूर्णांकको पाठ्यपुस्तक हो ।
सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकलाई मंगलवार सार्वजनिक गरिएको हो ।

स्थानीय पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तक बुटवल उपमहानगरमा रहेका ३८ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालयहरुमा पढाई हुनेछ । यसका लागि उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गरिसकेको छ । 

मंगलवार उपमहानगरमा सुरक्षा मापदण्डसहित आयोजना गरिएको संक्षिप्त कार्यक्रममा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक बुद्धिसागर भट्टराई र केही लेखकले संयुक्त रूपमा पाठ्यपुस्तक सार्वजनिक गरेका थिए ।

बुटवल सेरोफेरो, पर्यटकीय स्थल, हाम्रो संस्कृति, हाम्रो आस्था, संघसंस्था, योग र प्राकृतिक चिकित्सा तथा जडिबुटीलाई बुटवलको स्थानीय पाठ्यक्रमका मुख्य विषयवस्तु बनाइएको छ । यिनै क्षेत्रलाई समेटेर १ देखि ५ कक्षासम्म पठनपाठन गराउने गरी पाठ्यपुस्तक तयार पारेर सार्वजनिक गरिएको छ । 

६–८ कक्षाका लागि पनि नयाँ पाठ्यपुस्तक तयार भइरहेको उपमहानगरका शिक्षा, स्वास्थ्य, तथा जनशंख्या प्रमुख मित्रमणी खनालले जानकारी दिए । 

प्रारम्भिक बाल शिक्षादेखि ८ कक्षासम्मलाई आधारभूत तह र ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तहका रूपमा लिएर सोही अनुरुपका पाठ्यक्रम र पुस्तक तयार पारिएको खनालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x