२६ जेठ २०८३, मंगलबार

थप २ हजार ७३६ जनामा कोरोना पुष्टि, एकैदिन २२ जनाको मृत्यु

कात्तिक २५, २०७७
थप २ हजार ७३६ जनामा कोरोना पुष्टि, एकैदिन २२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कूल कोरोना संक्रमितको संख्या १ लाख ९९ ७६० पुगेको छ ।

पछिल्लो एकैदिन कोरोनाले २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ ।

कोरोना संक्रमितमध्ये थप ८५३ जना निको भएका छन् । यससँगै निको हुने व्यक्तिको कूल संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमित ३८ हजार ३५ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्