२६ जेठ २०८३, मंगलबार

गण्डकीमा २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिए

कात्तिक २५, २०७७
गण्डकीमा २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका—९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११२ पुगेको छ ।
    प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ४४४ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्