जयपृथ्वी नगरपालिकाका विद्यालय मंसिर ३ गतेदेखि खुल्ने

बझाङको जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् ।

नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको बिहीवार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।


Advertisement

आगामी मंसिर ३ गतेदेखि पठनपाठन शुरू गर्नका लागि अभिभावक समेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेर विद्यालय चलाउनुको विकल्प नभएको नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताए । यसअघि बुंगल नगरपालिका तथा तलकोट, खप्तड र थलारा गाउँपालिकाका विद्यालय कात्तिक १५ गतेदेखि सञ्चालनमा आइसकेका छन् । 


Advertisement

कमेन्ट गर्नुहोस्