२६ जेठ २०८३, मंगलबार

बालिकालाई अश्लिल तस्वीर पठाउने अखिल नेपाली पक्राउ

कात्तिक २७, २०७७
बालिकालाई अश्लिल तस्वीर पठाउने अखिल नेपाली पक्राउ
प्रतिकात्मक तस्वीर

सामाजिक सञ्जाल फेसबूकमा फेक आईडी बनाएर एक बालिकालाई अश्लिल तस्वीर पठाउने अखिल नेपाली पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी–४ का नेपालीलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको हो ।

बालिकालाई अश्लिल सन्देश र तस्वीर पठाउने, बालिकाहरूको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेर विद्युतीय कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएकाले जिल्ला अदालत काठमाडौंको अनुमति लिई नेपालीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्