×

NMB BANK
NIC ASIA

विकासको कछुवा गति

आठ वर्षमा पनि पूरा भएन बुटवल–बेलहिया ‘सिक्स लेन’, निर्माण नसकिँदै मर्मतमा साढे ३ करोड खर्च !

कात्तिक २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकाबाहिरको पहिलो बुटवल–बेलहिया (सुनौली) ‘सिक्स लेन सडक’ व्यापारिक मार्ग निर्माण शुरू भएको आठ वर्ष हुँदा समेत पूरा हुन सकेको छैन । 

Muktinath Bank

तीन वर्षभित्र सक्ने गरी काम थालिएको २७ किलोमिटरको यो सडक कहिले निर्माण सकिने हो अहिलेसम्म टुंगो छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो सडकले भारतसँगको दोस्रो ठूलो नाका सुनौलीबाट पूर्व–पश्चिम राजमार्गलाई बुटवलमा जोड्छ । तीन वर्षमा सक्ने लक्ष्यसहित आर्थिक वर्ष २०६८/२०६९ बाट निर्माण थालिएको लुम्बिनी प्रदेशकै महत्त्पूर्ण आयोजना आठ वर्षसम्म पनि पूरा हुन नसकेको हो । सडकको अझै ८ प्रतिशत काम बाँकी छ । समयमै काम पूरा नहुँदा निर्माण सकिएको क्षेत्रमा पनि सडकको सौन्दर्य बिग्रिँदै गएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशकै आर्थिक ढोकाको रूपमा हेरिएको महत्त्वपूर्ण आयोजना पूरा नहुँदा निजी क्षेत्र रुष्ट छ । बुटवल–बेलहिया आयोजना प्रमुख जयलाल मरासिनीले ९२ प्रतिशत काम भएको जानकारी दिए । मरासिनीले आयोजना चालू आर्थिक वर्षभित्रै सडक निर्माण कार्य सकिने दाबी गरे । 

Vianet communication
Laxmi Bank

करीब ५ अर्ब ९२ करोड लागतमा निर्माणाधीन बेलहिया–बुटवल सडकखण्डको हालसम्म करीब २५ किमी सडक निर्माण कार्य पूरा भएको छ । ३.७५ किमी सडक निर्माणाधीन अवस्थामा छ । बुटवलको राजमार्ग चौराहादेखि, भैरहवासम्म सम्पन्न भएको छ भने बुटवल बजार क्षेत्र (चौराहा गोलपार्क) सम्मको सडक विस्तारको काम अगाडि बढ्न सकेको छैन । बेलहिया नाकादेखि बाइपाससम्म करीब ७५० मिटर सडकखण्ड पनि अलपत्र छ ।

मरासिनीले लोकान्तरसँग भने, ‘बुटवल बजार क्षेत्रको सडकको मुद्दा अदालतमा पुगेकोले हामीले फैसला वा आदेश कुरेका छौं । अन्य क्षेत्रको बाँकी काम तिहार छठपछि तीब्रताका साथ अगाडि बढ्छ ।’ 

मर्मतमै सकियो साढे तीन करोड 

सडक निर्माण पूरा नहुँदै मर्मतका लागि ३ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । बनिसकेको सडक क्षेत्रका ठाउँ–ठाउँमा सडक बिग्रिँदा तीन वर्षमा ३ करोड ३० लाख  खर्च भएको आयोजनाका इञ्जिनीयर शुभेच्छा सारुले जानकारी दिइन् । 

‘अहिले पनि मर्मतको काम भइरहेको छ । ओभरलोड र जमिनको वाटर लेबले गर्दा सडक बिग्रिएको हाम्रो प्रारम्भिक निष्कर्ष छ । यसको विस्तृत अध्ययनका लागि विभागलाई पत्राचार गरिएको छ,’ सारुले लोकान्तरसँग भनिन् । 

बेलहियादेखि भैरहवासम्म धेरै ठाउँमा सडक बिग्रिएको छ । भारतबाट सडकको क्षमताभन्दा बढी भारका गाडी भित्रिँदा सडक कतै भासिने कतै उबडखाबड भएको छ । काम गर्न बाँकी क्षेत्रमा निर्माण कम्पनीलाई तिहारपछाडि तीव्र रूपमा काम अगाडि बढाउने निर्देशन दिएको मरासिनीले बताए । 

२७ किमी सडक ११ भागमा ठेक्का 

सडक निर्माण शुरू हुँदा यो सडक ३ वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तर, पछाडि यसलाई बढाउँदै लगेर ११ भागमा ठेक्का लगाइयो । यी विभिन्न समयमा लगाइएका ठेक्का हुन् । 

भैरहवा दरखसवादेखि बुद्धचोकसम्म २.६ किमी, बेलहिया बाइपासदेखि डण्डा पुल सम्म ७ सय ५० मिटर,  तिलोत्तमा जानकीनगरदेखि बुटवल चौराहासम्म ३ किमी, डण्डा पुलदेखि दरखसवा र बुद्धचोकदेखि अञ्चलपुरसम्म २.१ किमि, मणीग्रामदेखि जानकीनगरसम्म ३ किमी, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.५ किलोमिटरमा भाग लगाइयो । 

मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोकसम्म ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम इण्डिया लिमिटेड (टीसीआईएल) ले एक अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेपनि सामान्य मर्मतका बाँकी रहेको आयोजनाकी इञ्जिनीयर शुभेच्छा सारुले बताइन् ।

‘हामीले काममा ढिलाई गर्ने ठेकेदारहरूसँग पटकपटक ताकेता गर्दै आएका छौं, अबको ६ महिनामा देखिने गरी काम हुन्छ, यदि काम सकिएन भने टेण्डर तोडेर अर्कोबाट काम गराउनेछौँ,’ मरासिनीले भने ।

 

सडकमा गुणस्तरमाथि प्रश्न 

बुटवल–बेलहिया सडक निर्माणको गुणस्तरमाथि पटकपटक प्रश्न चिह्न उठ्दै आएको छ । निर्माण सम्पन्न नहुँदै भैरहवाको आँखा अस्पताल अगाडि सडक भत्किएपछि हालै मात्र भत्किएको स्थानमा पुनः पिच गरिएको छ । 

त्यसैगरी सडकको सर्भिस लेन सडक पनि गुणस्तरीय नभएको गुनासो छ । तर आयोजना भने सर्वसाधारणको लापरवाहीका कारण सर्भिस लेन सडक कमजोर बनेको दाबी गर्दछ । 

‘सर्भिस लेन सडकको डिजाइननै फरक हो । त्यसको पिच पनि फरक हो तर सर्वसाधारणहरूले त्यही सडकमा ठूल्ठूला गाडी पार्किङ गरिदिने, डिजेल– पेट्रोलका गाडीहरू राखिदिने, सिमेन्ट–छड बोकेका गाडीहरू हिँडाइदिने आदि कारण सर्भिसलेन सडक भत्किएको हो,’ आयोजनाको दाबी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x