नेताहरूको मूर्तिप्रेम संसारभरि प्रसिद्ध छ । यसैक्रममा मध्य एसियाली देश तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो प्यारो कुकुरको लगभग ५० फीट अग्लो मूर्ति बनाएर चोकमा ठड्याएका छन् ।
राजधानी अश्गाबातको नयाँ क्षेत्रमा मूर्ति स्थापित गरिएको हो ।
सन् २००७ देखि देशको शासन चलाइरहेका गुरबांगुली बेर्दयमुदमेदोधले बुधवार अल्बी प्रजातिको कुकुरको विशाल मूर्तिको अनावरण गरेका हुन् ।
यो पित्तलको मूर्ति हो र यसमा २४ क्यारेट सुनको लेप लगाइएको छ । मूर्ति २० फीट अग्लो छ । सरकारी अधिकारीहरू बस्ने क्षेत्रको चोकमा मूर्ति राखिएको हो ।
उक्त प्रजातिको कुकुरलाई त्यहाँका मानिसले खुबै मन पराउँछन् । त्यसलाई तुर्कमेनिस्तानको राष्ट्रिय पहिचानसँग जोड्ने गरिन्छ ।
कुकुरको मूर्तिमा खर्च गर्ने सरकारले गरीब जनताको पीडाको मजाक उडाएको भन्दै विपक्षीहरूले आलोचना गरेका छन् । तेल र प्राकृतिक ग्यासका कारण देशको अर्थतन्त्र बढिरहेको छ तर त्यसको फाइदा धनी मानिसहरूले मात्र उठाइरहेका छन् ।
एजेन्सी