माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कात्तिक २८, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधानका निम्ति भन्दै शुक्रवार अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारीनिवास बालुवाटारमा सचिवालय बैठक बस्ने कार्यक्रम तय गरिएको छ ।
पार्टीभित्र देखिएको पछिल्लो समस्याका बारेमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली लामो समयसम्म बैठक राख्न तयार भएका थिएनन् । ओली छलफल नै गर्न तयार नदेखिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित ५ जना सचिवालय सदस्यहरूले पटक-पटक अनौपचारिक बैठक बसेर ओलीमाथि दबाब सिर्जना गरेका थिए ।
एक साताअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठक बसेर प्रधानमन्त्रीलाई बैठक बस्न माग गर्दै पत्रसमेत लेखेका थिए ।
त्यसयता सचिवालयका ५ सदस्यको बैठक पटक-पटक बसिसकेको छ ।
सचिवालय बैठक बस्न ओली अझै तयार नभए बहुमत सदस्यको बैठकले आवश्यक निर्णय गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आवश्यक समन्वय गरेर महासचिव विष्णु पौडेलले शुक्रवार बैठक डाकेका हुन् ।
पौडेलले दुवै अध्यक्षसँग आवश्यक परामर्श गरेपछि बैठक डाकिएको लोकान्तरलाई बताए । गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनमा देखिएको समस्या र समाधानका बारेमा आज बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।
प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने, 'बैठकमा पहिल्यैदेखि उठाइएका कुराहरूमा छलफल हुन्छ । कोभिड– १९ नियन्त्रण र रोकथाम, स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनको सन्दर्भ, कर्णालीमा देखिएको विवाद, मन्त्रिमण्डल पुनर्गठन र राजदूत नियुक्तिको प्रसंग, भारतीय 'रअ'प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्रीको भेट लगायतकै विषय छन् । छुट्टै नयाँ एजेण्डा तय गरिएको छैन ।'
पत्रमार्फत् दुवै पक्षको आरोप प्रत्यारोप
गत शनिवार सचिवालयका ५ सदस्यहरूले बैठक आह्वान गर्न भन्दै प्रधानमन्त्री ओलीलाई बुझाएको पत्रको जवाफ ओलीले पत्रमार्फत नै फर्काएका छन् । लोकान्तरलाई प्राप्त सूचनाअनुसार ओलीले लेखेको पाँच पृष्ठको पत्रमा प्रचण्ड-नेपाल पक्षलाई पार्टी विभाजनमा केन्द्रित रहेर गुटबन्दीमा लागेको आरोप लगाएका छन् ।
'पत्रमा कार्यकारी अधिकार प्राप्त अध्यक्ष प्रचण्डले पार्टीको काम गर्न छोडेर नियुक्तितिर आँखा लगाएको, पार्टी विभाजनका लागि गुटबन्दी गर्दै हिँडेको, पार्टीलाई क्षयीकरणको दिशातर्फ लगेको, पार्टी एकताका काममा ध्यान नदिएको र सरकार असफल बनाउने प्रयास गरेको आरोप लगाइएको छ,' स्रोतले लोकान्तरसँग भन्यो ।
प्रचण्ड-नेपाल समूहले ओलीलाई बुझाएको दुई पृष्ठको पत्रमा पार्टी निर्णय कार्यान्वयन नहुनुको कारण नै प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कार्यशैली रहेको भन्दै आलोचना गरिएको थियो ।
पत्रमा गत असोज १५ गते मन्त्रिपरिषद बैठकले गरेको राजदूत सिफारिसको निर्णय, २५ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गरिएको असफल ‘कू’को प्रयास, २८ गतेको मन्त्रिपरिषद् विस्तारको निर्णय र कात्तिक ५ गते नेकपाकै कार्यकर्ता मुकेश चौरासियाको हत्यामा संलग्नलाई माथिबाटै जोगाउने प्रयास भएको, रअ’प्रमुख गोयलसँग भेटघाट भएको विषय, मदन भण्डारी फाउन्डेसनमार्फत् गुटगत गतिविधि गरेको भन्दै ओलीमाथि आरोप लगाइएको थियो ।
दुई पक्षबीच पत्रमार्फत आरोप प्रत्यारोप चलिरहेका बेलामा बस्ने सचिवालय बैठकमा पनि यिनै विषयले प्राथमिकता पाउने सम्भावना रहेको नेकपा स्रोत बताउँछ ।
ओली-प्रचण्डबीचको संवादहीनता
अध्यक्षद्वय ओली र प्रचण्डबीच गत मंगलवार प्रधानमन्त्रीनिवास बालुवाटारमा आधा घण्टा भेटघाट भएको थियो ।
भेटमा तत्काल बैठक बोलाउन तयार नभए सचिवालयको बैठक आफैंले बोलाएर आवश्यक निर्णय गराउने चेतावनी प्रचण्डले दिएका थिए । त्यसको जवाफमा ओलीले प्रचण्ड-नेपाल समूह एक्सनमा उत्रिए आफू 'महाएक्सन'मा उत्रिने भन्दै प्रतिवाद गरेका थिए ।
त्यसयता ओली र प्रचण्डबीच प्रत्यक्ष संवाद भएको छैन । बरू महासचिव पौडेलले दुवैतिर पुलको काम गरिरहेका छन् । पौडेलकै सक्रियताका कारण आजको सचिवालय बैठक सम्भव भएको छ । पौडेलले गत साउनको अन्तिममा गठित कार्यदलका सदस्यहरूमार्फत समस्या समाधान गर्ने प्रयास पनि गरेका थिए तर पूर्व माओवादी समूहका जनार्दन शर्मा र पम्फा भुसाल सहभागी नभएपछि त्यो प्रयास असफल भएको थियो ।
बुधवार आफूलाई भेट्न आएका विद्यार्थी संगठनका केही सदस्यहरूसँग प्रचण्डले ओलीसँग झुकेर नजाने प्रस्ट पारेका थिए । लोकान्तरसँगको कुराकानीमा प्रचण्डनिकट मानिने स्थायी कमिटी सदस्य मातृका यादवले पनि प्रचण्डले पटक-पटक अपमान सहेको तर अब सहन नसक्ने बताएका थिए ।
'प्रचण्डले आफूमाथि गरिएको अपमानको जवाफ सचिवालय बैठकमै माग्नुहुन्छ,' उनीनिकट अर्का एक स्थायी कमिटी सदस्यले भने, 'यतिबेला प्रचण्ड गर या मरको स्थितिमा हुनुहुन्छ । ओलीको स्वेच्छाचारिताले आन्दोलन, पार्टी र देश केही पनि जोगिनेवाला छैन ।'
यता बालुवाटार पनि नझुक्ने मनस्थितिमा देखिन्छ । प्रधानमन्त्री ओली आफूनिकट ईश्वर पोखरेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङलगायत अन्य नेताहरूसँग आगामी रणनीतिका बारेमा नियमित छलफल गरिरहेका छन् ।
'प्रधानमन्त्रीले महाधिवेशनपछि अध्यक्ष र अर्को चुनावपछि प्रधानमन्त्री छाड्छु भनिरहनुभएको छ,' ओलीनिकट एक नेताले लोकान्तरसँग भने, 'त्यहाँभन्दा ठूलो त्याग के हुन सक्छ ? त्यसलाई कमजोरी मान्ने ? अहिल्यै सबैकुरा चाहियो भनेर अड्डी कसेर हुँदैन ।'
उनले प्रचण्ड-नेपाल समूहले विधि र पद्धतिको गीत गाउने तर केही थान मन्त्री र संवैधानिक नियुक्तिमा र्याल चुहाउने गरेको आरोप लगाए ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...