×

NMB BANK
NIC ASIA

पश्चिमाले खेदिरहेका बेला चीनको नयाँ ‘ट्रिक’– के हो 'दोहोरो परिचालन' आर्थिक नीति ?

कात्तिक २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दुई हप्ताअघि चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली केन्द्रीय कमिटीको पाँचौं प्लेनरी सत्रले चीनको दोहोरो परिचालन (डुअल सर्कुलेसन) आर्थिक नीति अवलम्बनका लागि बाटो खुला गरेको छ । देशको चौधौं पञ्चवर्षीय योजनामा यस रणनीतिलाई केन्द्रीय स्थान दिइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस आर्थिक नीतिलाई अँगालेर चीन आत्मनिर्भर अर्थतन्त्र बन्न खोज्दैछ । यसअन्तर्गत घरेलु बजारमा माग र खपत बढाउने अनि आयातमा भन्दा घरेलु उत्पादनमा जोड दिने नीति अपनाइनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत मे महिनामा कोभिड–१९ महामारीलाई नियन्त्रणमा लिएपछि चीनका राष्ट्रपति सी चिनफिङले पोलिटब्युरो बैठकमा दोहोरो खपत आर्थिक नीतिको प्रस्ताव राखेका थिए । 


Advertisment
Nabil box
Kumari

यस नीतिअन्तर्गत चीनले विकासका दुईवटा रणनीतिलाई एकैचोटि अघि बढाउने योजना बनाएको छ । विदेशी बजारमा वस्तु निर्यात जारी राख्नुका साथै स्वदेशी बजारमै पनि उपभोग बढाउने उनको रणनीति हो ।

Vianet communication
Laxmi Bank

चीनको आर्थिक वृद्धि अहिलेसम्म विदेशी बजारमा हुने वस्तु आपूर्तिमा निर्भर छ । संसारको कारखाना मानिने चीनले देशमा उत्पादन हुने वस्तु विश्वका सबै कुनामा बेचेर अर्थतन्त्र बलियो बनाएको हो । 

सन् १९८० को दशकमा चीनका पूर्वराष्ट्रपति देङ श्याओपिङले सुधार तथा खुलापनको नीति अपनाउँदै निर्यातमुखी आर्थिक रणनीतिमा जोड दिएका थिए । सस्तो श्रम र सुदृढ व्यापारिक वातावरणका साथै थोरै कर तिराउने नीतिका कारण संसारभरिका कम्पनीहरू चीनमा कारोवार गर्न आएका हुन् । चीनको अर्थतन्त्रमा चमत्कारी वृद्धि आउने कारण यही हो । 

तर निर्यातमुखी नीतिका आफ्नै जोखिमहरू पनि छन् । विश्व बजारमा कुनै पनि बेलामा जे पनि हुन सक्छ अनि त्यसमाथि चीनप्रति अहिले विशेषगरी अमेरिका र पश्चिमा मुलुकहरू नकारात्मक बनेको स्थितिमा सधैं निर्यातमा निर्भर रहन चीनलाई गाह्रो पर्छ । त्यसमाथि कोभिड–१९ महामारीका कारण विश्वकै अर्थतन्त्र खस्किरहेको बेलामा चिनियाँ सामान माग विश्वबजारमा खस्किनु स्वाभाविक हो । 

खासमा विश्व व्यापार संगठनमार्फत विश्वव्यापी कारोबार प्रणालीमा चीन प्रवेश गरेपछि त्यसबाट व्यापक फाइदा उठाउँदै गयो र उसको प्रभाव पनि बढ्दै गयो । यसले गर्दा अमेरिका र अन्य पश्चिमी मुलुकहरूले असहज अनुभव गर्दै गए । 

अहिले अमेरिकाको नेतृत्वमा पश्चिमी मुलुकहरू बिस्तारै विश्वव्यापीकरणबाट पछि हट्दै गरेको र आर्थिक राष्ट्रवादलाई जोड दिइरहेको स्थिति छ । यस्तो अवस्थामा ती मुलुकहरूको बजारमा चीनको पहुँच क्रमशः सीमित हुँदै गएको छ । 

अझ त्यसमाथि अमेरिकासँग चीनको व्यापारयुद्ध र तिक्तताले आर्थिक सम्बन्ध विच्छेदको बाटो लिइरहेको देखिन्छ । अमेरिकी संस्थापन पक्षमा चीनले आफूहरूबाट धेरै नै फाइदा लिएको तर बदलामा आफ्नो बजार चाहिँ पर्याप्त खुला नगरेको भन्ने गुनासो छ । 

त्यसैले डोनल्ड ट्रम्प प्रशासनले अमेरिकालाई चीनसँग विच्छेद गराउँदै जाने नीति लिएकोमा जो बाइडन प्रशासनले त्यसलाई निरन्तरता दिने अपेक्षा विश्लेषकहरूले गरेका छन् । 

वास्तवमा विभिन्न मुलुकले आर्थिक राष्ट्रवाद अपनाउनुमा चिनियाँ उत्पादनको बाढी पनि प्रमुख कारण हो । विश्व अर्थतन्त्रले वर्षैपिच्छे बढिरहेको चिनियाँ निर्यातलाई धान्ने स्थिति सधैं रहन सक्दैनथियो । चीनमा उत्पादन भएका सस्ता सामानले अन्य मुलुकको घरेलु उत्पादनलाई कि त कमजोर बनाएका छन् कि त विस्थापित नै गरिदिएका छन् । 

परिणामस्वरूप, ती देशहरूमा आयमा असमानता बढ्दै गएको छ र राजनीतिक असन्तुष्टि बढ्दै गएको छ जसले गर्दा उनीहरू आर्थिक राष्ट्रवाद अपनाउनका लागि बाध्य भएका छन् । भारत यसको राम्रो उदाहरण हो ।

यसरी अन्य मुलुकले आर्थिक राष्ट्रवाद अपनाएर चिनियाँ सामानमा रोक लगाउन थाल्दा चीनले अर्थतन्त्रलाई सन्तुलनमा ल्याउनका लागि दह्रो रणनीति बनाउनुपर्ने आवश्यकता थियो । त्यसैले दोहोरो परिचालनको नीति उसले ल्याउनुपरेको हो । विदेशी बजारमा मात्र भर नपरी स्वदेशी बजारमा नै माग र उपभोग बढाउने नीति लिँदा चीनलाई आत्मनिर्भर अर्थतन्त्र बन्न सहयोग गर्छ । 

वास्तवमा आर्थिक महाशक्ति बन्नका लागि कुनै पनि देशको बजारमा उपभोग सबल हुनु जरूरी छ । अमेरिका विश्वको पहिलो आर्थिक शक्ति बन्नुमा उसको बलियो बजार प्रमुख कारण हो ।

अमेरिका संसारकै सबभन्दा ठूलो उपभोक्ता बजार हो । उसको कुल गार्हस्थ्य उत्पादनको ६८ प्रतिशत उपभोक्ताले गर्ने खर्चले ओगट्ने गरेको छ ।

अनि कुनै पनि अर्थतन्त्र सबल हुनका लागि युवा उपभोक्ताको संख्या धेरै हुनुपर्छ । यसमा पनि अमेरिका संसारको सबभन्दा अग्रणी स्थानमा छ । त्यसैले विश्व बजारमा उथलपुथल हुँदा पनि अमेरिकाको अर्थतन्त्रमा व्यापक असर पर्दैन । 

सन् २००६ देखि २०१९ सम्म चीनको व्यापार र कुल गार्हस्थ्य उत्पादनको अनुपात ६४.५ प्रतिशतबाट ३५.७ प्रतिशतमा झर्‍यो । लगानीको दर बढ्दा घरेलु उपभोग चाहिँ अत्यन्तै न्यून मात्र बढ्यो । 

त्यसैले चीनले अमेरिकाको जस्तै घरेलु बजारमा उपभोक्ता बढाउने रणनीति बनाइरहेको छ । विशेषगरी सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीले निर्यातमुखी आर्थिक मोडलको कमजोरी उजागर गरेकाले चिनियाँ नीतिनिर्माताहरू घरेलु उपभोक्ता बढाएर अर्थतन्त्रमा सन्तुलन ल्याउन उत्प्रेरित भएका हुन् । 

यसका लागि चीनले शहरीकरण परियोजनालाई तीव्रता दिइरहेको छ । लाखौं कामदारहरूलाई उसले शहरवासी बनाइरहेको छ । गाउँमा भन्दा शहरमा उपभोगका माध्यमहरू बढी हुनाले यस्तो रणनीति अपनाइएको हो । 

अनि उपभोग बढाउनका लागि व्यक्तिको आम्दानी पनि बढाउनुपर्ने हुन्छ । आयमा असमानता हुँदा बहुसंख्यक व्यक्तिको खर्च गर्न सक्ने क्षमतामा ह्रास आउँछ । त्यसमा सुधार ल्याएर उपभोग बढाउनका लागि चीनले सामाजिक सुरक्षा कार्यक्रमलाई थप मजबूत बनाउने र गरीबी निवारण अभियान व्यापक रूपमा चलाउने काम गरिरहेको छ । 

त्यसो त चीनलाई उपभोक्ता बढाउनका लागि जनसंख्याको कुनै अभाव छैन । एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या रहेको मुलुकमा ४० करोड मानिस मध्यमवर्गमा पर्छन् र यसमा क्रमशः वृद्धि हुँदै गइरहेको छ । 

यससँगै चीनले आत्मनिर्भर अर्थतन्त्र बन्नका लागि सन् २०१८ मा मेड इन चाइना २०२५ को नीति ल्याएको थियो । त्यसको अन्तिम लक्ष्य भनेको निर्यात र लगानीमा पूर्णतया आश्रित अर्थतन्त्रको बाटो छोडेर माग र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण गर्नु थियो ।

नवप्रवर्तनकै बाटोमा हिँडेर चीनले सेमीकन्डक्टर प्रविधि लगायतका क्षेत्रमा आत्मनिर्भर बन्ने कोशिश गरिरहेको छ । विशेषगरी अमेरिकाले चीनको हुआवे जस्ता कम्पनीहरूमा प्रतिबन्ध लगाएपछि पनि चीन प्राविधिक आत्मनिर्भरताको बाटोमा हिँडेको हो । 

यसको अर्थ उसले अर्थतन्त्रमा खुलापन र सुधारको नीति त्यागेको भन्ने हैन । विदेशी लगानीकर्ताहरूलाई उसले ‘चीनमा, चीनका लागि’ भन्ने नीति अपनाउन प्रेरित गरिरहेको छ । यसको अर्थ हुन्छ, विदेशी लगानीकर्ताहरूले चीनमा उत्पादन भएका सामानलाई अन्य देशमा बेच्ने भन्दा पनि चीनकै बजारमा बेच्ने नीति अवलम्बन गर्नेछन् ।

यससँगै विदेशी लगानीकर्ताहरूका लागि चीनले थप सहज प्रक्रिया अपनाउने विश्लेषकहरूको भनाइ छ । चीनबाट धमाधम आफ्ना कारोबार अन्य देशमा सारिरहेका कम्पनीहरूलाई यस नीतिले चीनमै कारोबार गर्न प्रेरित गर्ने अपेक्षा लिइएको छ । 

चीनको नयाँ आर्थिक नीतिबाट नेपाललाई कुनै फाइदा देखिँदैन नेपालमा चिनियाँ सामानको आयात झनै बढ्दै जानेछ । चीनको घरेलु उपभोक्ता बजार वृद्धिको फाइदा नेपालले लिने स्थिति पनि छैन किनकि नेपाली सामानको चिनियाँ बजारमा निर्यातको दर न्यून छ र त्यस्तो निर्यात तिब्बतमा बढी केन्द्रित छ ।

आत्मनिर्भर अर्थतन्त्र बन्नका लागि उपभोक्ता बजार वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने शिक्षा चाहिँ नेपालले चीनबाट लिन सक्छ ।  

यो सामग्री तयार पार्न चाइना ब्रीफिङ, निक्केई, साउथ चाइना मर्निङ पोस्ट, रोयटर्स, सीएनबीसी, द प्रिन्ट लगायतका प्रकाशित सामग्रीको सहायता लिइएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x