×

NMB BANK
NIC ASIA

अन्तर्वार्ता

प्राधिकरणका नवनियुक्त निमित्त प्रमुखलाई प्रश्न– झ्याप्प–झ्याप्प बत्ती जाने कहिलेसम्म हो ?

कात्तिक २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत् कटौती हुने क्रम बढ्दै गएको छ । जसका कारण अहिले आम मानिसमा पुनः लोडशेडिङ हुने त हैन भन्ने त्रास शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

एकातिर विद्युत् प्राधिकरणबाट उज्यालोका अभियन्ता बाहिरिनु त अर्कातिर विद्युतीय उपकरणका साटो इन्भर्टर, जेनेरेटरजस्ता सामग्रीको खरिदबिक्री बढ्नु, नेपाली उखान ‘बाघ कराउनु र बाख्रा पनि हराउनु’ भनेजस्तै ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही कारण आम उपभोक्तामा अहिले त्रास छ । तिहारकै समयमा पनि बत्ती जाने त हैन भन्दै उपभोक्ता सशंकित भइरहेको अवस्थामा लोकान्तरकर्मी परिवर्तन देवकोटाले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग कुराकानी गरेका छन् । 


Advertisment
SBL

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

Vianet communication
Laxmi Bank

तिहारको समय छ, यसबीचमा विद्युत्को व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ? 

विगतमा जस्तो अहिले तिहारको समयमा धेरै विद्युत् खपत नहोला भन्ने हाम्रो अनुमान छ । अहिले उद्योग कलकारखाना तथा होटल रेस्टुरेन्टहरू पनि बन्द छन्, जसकारण उपभोक्ताका लागि पर्याप्त बिजुली उपलब्ध हुन्छ । हामीले केही समस्या आउन नदिन र आइहालेमा तत्कालै समाधान गर्न इमर्जेन्सी रेस्पोन्स टीम बनाएर राखेका छौं । 

तिहारको समयमा बत्ती जान्छ कि जाँदैन ? 

तिहारमा बत्ती जाने कुरै छैन ।  मर्मत सम्भार तथा सटडाउन गर्ने काम तिहारमा रोकिन्छ । तर अप्रत्याशित घटना घटेर बिजुली रोकियो भने त्यसका लागि इमर्जेन्सी टीम स्ट्याण्डबाइ राखेका छौं । त्यसकारण तिहारका लागि समस्या छैन । यस वर्षको तिहार झिलिमिली तिहार हुन्छ नै । 

पछिल्ला केही महिनादेखि अहिलेसम्म पनि घोषित तथा अघोषित दुवै रुपमा विद्युत् कटौती हुँदै आएको छ, किन यस्तो भइरहेको छ ? 

‘जंगल छउञ्जेल जंगलभित्रका कुरा नदेखिने, जंगल मात्र देखिने, जंगल नभइसकेपछि भने त्यहाँका स–साना कुराहरू पनि देखिने’ भनेको जस्तो हो यो । २/३ वर्षअगाडि धेरै लोडशेडिङ भएको समयमा चाहिँ साना–साना कुराहरू देखिएन । अहिले लोडशेडिङ नहुँदा त्यो देखिएको छ । विस्तारै हामी विद्युतमा अभ्यस्त हुँदै गयौं, त्यसकारण एकपटक बत्ती जाँदा पनि त्यो ठूलो कुरा बन्ने भयो । 

काठमाडौं उपत्यकामै पनि अघिल्ला वर्षहरूमा र अहिलेको वर्षमा जम्मा कति अपग्रेड भए र कति सटडाउन भए भन्ने तथ्यांक हेर्दा पनि योे बढेको देखिँदैन । 

मनोवैज्ञानिक असर हो यो । एकैछिन बत्ती गए पनि लामो समय गएको जस्तो लाग्ने भएको छ । यो बत्ती जाने आउने क्रम प्राविधिक सुधारका कारण हुने गर्छ, यो अघिल्ला वर्षहरूमा पनि भएकै थियो । 

पछिल्लो समय विद्युत्को लोड बढिरहेको छ । अहिले नबढेपनि अब लोड बढ्छ भन्ने धेयका साथ काम भइरहेको छ । गत वर्ष काठमाडौं उपत्यकाको पीक लोड ४ सय ५० मेगावाट थियो । यो वर्ष पनि पीक लोड ४ सय ५० मेगावाट नै पुग्छ । कोरोनाका कारणले होटल, उद्योग व्यवसाय बन्द छन् । तर त्यो भनिरहँदा हामीले तयारी भने लोड बढ्छ भनेर नै गरिरहेका छौं । जहाँ–जहाँ लोड बढी हुन्छ, त्यहाँ फिडरहरू थप्नुपर्ने हुन्छ । ट्रान्सफर्मर बदल्नुपर्ने हुन्छ । अन्य उपकरणहरू पनि बदलिराख्नुपर्ने हुन्छ । यही काम गर्ने क्रममा लाइन काट्नुपर्ने वा सटडाउन गर्नुपर्ने भइराखेको छ । 

हामीले विद्युत् प्रवाहलाई चुस्त दुरुस्त राख्नका लागि क्वालिटेटिभ इम्प्रुभमेन्टमा ध्यान दिएका छौं । गत वर्षबाट शुरू भएको अन्डरग्राउण्ड केबलिङको काम पनि भइरहेको छ । त्यसकारण लाइन काटेर हरेकपटक मर्मत गर्नुपर्ने काम आउँछन् । 

कुलमान घिसिङको बहिर्गमनपश्चात धेरैजसो समय बत्ती जान थाल्यो । यो संयोगमात्रै हो कि केही विशेष कारण पनि छन् ? 

उहाँ हुँदा पनि र अहिले पनि विद्युत् प्रवाहमा केही समस्या रहिरहेका हुन्छन् । उहाँ हुँदा त्यो नदेख्ने र उहाँ जानेबित्तिकै बढी देखिने हो भने त्यहाँ साइकोलोजिकल कुरा पनि हुन्छ । प्राकृतिक समस्याहरू पनि काठमाडौं उपत्यकाकै कुरा गर्दा धेरै देखिन्न । तर इम्प्रुभमेन्ट गर्ने काम भने बढिरहेको छ । २०/२५ वर्षदेखि काम गर्दै आएका मेसेनरी वस्तुहरूले अहिले धान्नै नसक्ने अवस्था पनि हुँदैछ ।

त्यसलाई त फेर्नुपर्छ । हो, त्यो फेर्ने क्रममा लाइन सटडाउन त गर्नै पर्ने हुन्छ । एकैपटक त्यो काम सकिँदैन । दिउँसो काम हुँदैन । राति अलिकति काम गर्‍यो, अनि बिहान छोपछाप पार्‍यो, अनि फेरी पछि काम गर्‍यो निरन्तर चलिरहन्छ । त्यसकारण लोड बढ्दै गर्दा अहिले सटडाउन बढी भएको जस्तो लाग्छ । एउटा सानो काम गर्दा पनि १०/१२ पटक सटडाउन गर्नुपर्ने अवस्था आउँछ । 

सटडाउन लिँदा हामीले हरेक सबस्टेशनमा रेकर्ड राखेका हुन्छौं । सूचना पनि निकालिएको हुन्छ । त्यसमा हामीले चेक गर्न सक्छौं । विनाकारण कसैले सटडाउन गरेर राखेको छ कि भनेर हामीले हेर्न पनि सक्छौं । त्यसकारण अनावश्यक वा विना काम सटडाउन गरिएको हैन । 

एक दिनमा एउटा लाइनमा ३ सय /४ सय मिटर काम गर्न सकिन्छ । त्यसपछि बेलुका फेरि रिकभर गर्ने र बत्ती पठाउने । भोलि फेरि त्यस्तै । यसकारण दिनहुँ लाइन काट्नुपर्ने अवस्था आयो । 

अर्को भनेको, सडक विस्तार र पोल सार्ने कामले पनि सटडाउन गर्नुपर्ने हुन्छ । यसैगरी पुराना जम्परहरू बदल्न पनि सटडाउन गर्नु पर्छ । ट्रान्सफर्मर ओभरलोड भएमा पनि सटडाउन गर्नुपर्छ । यसमा पनि २/४ घन्टा लागिहाल्छ । 

बत्ती जाने क्रम बढेसँगै विद्युतको विकल्प खोज्न थालिएको छ, बजारमा इन्भर्टर, जेनेरेटर वा अन्य सामग्रीको कारोवार उच्च हुन थालेको छ । अब यसलाई कसरी बुझ्ने ? 

शुरूमा मलाई पनि शंका लागेको थियो । अरूलाई पनि शंका लाग्यो । विशेषगरी कोरोनाका कारण यस्ता सामग्रीको कारोवार बढेको रहेछ । 

म आफैंले फील गरेको छु, मेरै घरमा पनि राखेको छु र साथीहरूको घरमा पनि राखिएको मैले बुझेको छु । यसको कारण भनेको, बालबच्चा, विद्यार्थीहरूका लागि अनलाइन क्लास, वर्क फर्म होम गरिरहेको अवस्था छ ।

जहाँ यूपीएस भएन भने काम गर्न गाह्रो हुन्छ । सबैले बिजुली पहिले बत्ती बाल्न, खाना बनाउन वा केही गर्न हुन्थ्यो होला । २ घन्टा बत्ती नजाँदा त्यसलाई असर पर्दैन । तर अहिले सबै काम घरबाटै गर्दा त असर पर्ने भयो, यसरी यस्ता सामानको कारोबार पनि बढ्यो । 

जनमानसमा एउटै चिन्ता छ, अब फेरि लोडशेडिङ हुन्छ कि ! अब प्राधिकरणको यस्तो कामलाई बुझ्ने कसरी ?

कसलाई जस दिने कसलाई नदिने ? जस दिनेभन्दा पनि अहिलेको अवस्था हेर्दा बढी राम्रो होला । अहिले निजी क्षेत्रको ५० प्रतिशत र भारतबाट पनि प्रशस्त विद्युतको बाटो बनिरहेको छ । त्यसकारण अहिले हामी ७/८ सय मेगावाट विद्युत् आयात/निर्यात गर्न सक्ने अवस्थामा छौं । यो भनेको सिंगै नेपालको अहिलेको लोड हो । अहिले जाडो महिनामा पीकलोड १४ सय मेगावाट पुग्छ भन्ने हाम्रो अनुमान छ । 

जलविद्युतको क्षेत्रमा अरू केही काम नै नभएपनि अर्को ५ वर्षभन्दा बढी समय विद्युतमा समस्या आउँदैन । अहिलेको समस्या भनेको लोडशेडिङ कुनै हालतमा होइन । अहिलेको समस्या त विद्युतको कसरी उपभोग गर्ने भन्ने हो । पहिले हामी गर्जो टार्न कनिका जोगाउँथ्यौं भने अब यो कहाँ कसरी बिक्री गर्ने वा व्यवस्थापन गर्ने भन्ने कुरातर्फ हामी जानुपर्छ । त्यसकारण म आम उपभोक्तालाई भन्छु, कुनै हालतमा लोडशेडिङ हुँदैन । 

नेपाल विद्युत् प्राधिकरणको अबको चुनौति भनेको गुणस्तर वा स्तरीयता हो । 

कुलमान गएपछि प्राधिकरणका कर्मचारीमा पनि काम गर्ने जाँगर नचलेको र कतै–कतै विनाकारण लाइन काट्ने वा अन्य समस्या देखिने गरेको चर्चा चल्न थालेको छ नि !

कसैले नियतवश त्यस्तो हल्ला गरे होलान् । यस्तो हुँदै होइन, कसैले मिडियामा आएर त्यस्तो बोले होलान् तर व्यवहारमा त्यस्तो हुँदैन । 

अन्त्यमा, झ्याप्प झ्याप्प बत्ती जाने कहिलेसम्म हो ? र यो कहिले रोकिन्छ ?

यो लोडशेडिङ होइन । मर्मत तथा लाइनहरूलाई सुदृढ गर्ने काम भइरहेको छ । त्यसकारण अहिले सटडाउन भएपनि भोलिका दिनमा सटडाउन गर्न नपर्ने अवस्था ल्याउन लागि परेका छौं ।

उपभोक्ताहरूले बुझेर नै यस्ता कष्ट सहिदिनुपर्छ । सटडाउन भइराख्ने समस्याको दीर्घकालीन समाधान क्रमिक रुपमा घट्दै जाने हुन्छ । आज जेजति लोड छ, त्यो लोड नबढ्ने हो भने केही गर्नुपर्ने अवस्था छैन । तर लोड बढ्दै गइरहेकाले हामीले क्रमिक सुधार गरिरहेका हौं । यसका लागि केही समय लाग्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x