रानी शाक्यको 'चियाबारीमा' सार्वजनिक

नेपाली सुगम संगीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ”चियाबारीमा ” गीतको भिडियो सार्वजनिक भएको छ  ।

पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ ।

ज्ञानु राईको छायाँकन, सुवाश लिम्बुको सम्पादन तथा उसा मलाहा –सिम्रन)को निर्देशन भिडियोमा रहेको छ । ”चियाबारीमा ” गीतको भिडियोमा रविना प्रधान, सन्तु थापा मगर , भुपाल , बुढाथोकी र विक्रम धिमालको अभिनय रहेको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्