बिमा गरेका व्यक्तिको खर्च सरकारले नव्यहोर्ने

सरकारले कोरोना भाइरसको बिमा गरेका व्यक्तिको खर्च नव्यहोर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै बिमा कम्पनीबाट कोभिड–१९ का बिमा गरेको व्यक्तिले सबै पिसिआर परीक्षण र उपचार खर्च सरकारले नव्यहोरी निजको बिमा रकमबाट व्यहोरिने जानकारी दिए ।

उनले कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सूचीकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार खर्च निःशुल्क गरिने जानकारी दिए ।  


Advertisement

सर्वोच्च अदालतको आदेशपछि  यही कात्तिक २४ गते  बसेको मन्त्रिपरिषद् बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको थियो । सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचार खर्चमा आफै योगदान गर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले  बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्