×

NMB BANK
NIC ASIA

नेकपा विवाद

प्रचण्डको पत्रले ओली पक्ष क्रुद्ध, कुनै हालतमा फिर्ता नगर्ने ५ नेताको अडान

नेकपा विवाद नयाँ चरणमा प्रवेश, सचिवालय बैठक प्रभावित हुन सक्ने

कात्तिक २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रवार सचिवालय बैठकमा बुझाएको पत्रलाई लिएर नेकपाभित्र भाँड भैलो सुरु भएको छ । प्रचण्डको पत्रलाई लिएर ओली पक्ष क्रुद्ध देखिएको छ भने नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको छ ।  

Muktinath Bank

नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, ओलीका विश्वासपात्र एवम् प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेल, ओलीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले प्रचण्डले पत्र फिर्ता नलिए संवादहीनताको स्थिति सिर्जना हुनसक्ने चेतावनी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुराग्रहका साथ प्रस्तुत प्रस्ताव फिर्ता लिएर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?’ उपप्रधानमन्त्री पोखरेलले प्रश्न गरेका छन् ।


Advertisment
Nabil box
Kumari

ओली–प्रचण्ड तिक्तताका कारण लामो समय बस्न नसकेको नेकपा सचिवालय बैठक शुक्रवार केहीबेरका लागि बसेको थियो । सचिवालयका बहुमत सदस्यको लिखित आग्रहपछि बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीप्रति कयौँ प्रश्न गर्दै ७ पेज लामो पत्र लेखेका थिए ।

Vianet communication
Laxmi Bank

प्रचण्डले ओलीलाई लेखेको पत्र शुक्रवार नै विभिन्न अनलाइन सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि नेकपा भित्रको विवाद कुन हदसम्म गहिरिएको रहेछ भन्ने प्रष्ट भएको थियो ।
प्रचण्डको पत्र सार्वजनिक भएपछि शुक्रबार मध्यरातदेखि नेकपा कार्यकर्ता सामाजिक सञ्जालमा भिडेका छन् ।

ओली पक्षले प्रचण्डले सो प्रस्ताव फिर्ता नलिए पार्टीमा विग्रह आउन सक्ने चेतावनी दिएका छन् । प्रचण्डको पत्र र त्यसपछिका प्रतिक्रियाका कारण पार्टी एकताको साढे २ वर्षमा नेकपा अप्ठ्यारो बिन्दुमा पुगेको विश्लेषण भइरहेका छन् ।

फिर्ता लेलान् प्रचण्डले ?

ओलीको कार्यशैलीप्रति दिक्दारी जनाउँदै ‘इनफ इज इनफ’ भन्दै पत्र लेखेका प्रचण्डले फिर्ता गर्लान् कि ओलीसँग थप टक्‍कर लिने छन् भन्नेमा नेकपा कार्यकर्ता मात्र नभइ अन्य दलका कार्यकर्ताले समेत चासो पूर्वक घटनाक्रम हेरिरहेका छन् ।

प्रचण्ड निकट स्रोतका अनुसार आफूले पेस गरेको पत्रमा प्रचण्ड झन् बढी दृढ छन् । ‘प्रचण्डजीले पेस गरेपनि त्यो पाँचजना नेताको सामूहिक निष्कर्ष हो, यो अडानबाट पछि हट्ने सम्भावना देखेको छैन,’ प्रचण्ड पक्षीय एक स्थायी कमिटी सदस्यले शनिवार साँझ लोकान्तरसँग भने । यद्यपि सो पत्रबारे सचिवालयका प्रचण्ड पक्षीय नेताहरुले स्पष्ट केही बताएका छैनन् ।

उनको विश्लेषणमा अहिले नेकपा भित्र भइरहेको ‘प्रोक्सी’ वार हो । ‘तत्कालै प्रचण्डजीले सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटी बैठक बोलाएर कुनै निर्णय गर्ने अवस्था छैन, न त अर्को पक्षले निर्णय गर्ने अवस्था छ,’ उनले भने, ‘शीतयुद्धमा जस्तो तल्लो तहका कार्यकर्ता भिड्ने अवस्था आउनसक्छ ।’

पत्रमार्फत प्रचण्डले ओलीसँगका असन्तुष्टि र उकुसमुकुसको पोको एकै पटक खोलेका छन् । पार्टीमा असहमति दर्ज गर्नकै लागि सुझबुझपूर्ण ढंगले सो पत्र ओलीलाई थमाइएको प्रचण्ड पक्षको बुझाइ छ ।

सचिवालय बैठक प्रभावित हुने संकेत

लामो कसरतपछि शुक्रवार केही बेर बसेको सचिवालय बैठक मंसिर ३ गते पुनः बस्नेगरी सकिएको थियो । प्रचण्डको पत्रलाई लिएर ओली पक्ष चिढिएका कारण बुधवारका लागि तय भएको सचिवालय बैठक प्रभावित हुन सक्ने नेकपा स्रोतले बतायो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको प्रस्ताव फिर्ता नभए नेकपाका कुनै तहको बैठक नबस्ने संकेत गरेका छन् । ‘यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ,’ थापाले शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सचिवालय बैठक बोलाउन माग गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए । प्रत्युत्तरमा ओलीले कात्तिक २५ गते प्रचण्डलाई पत्र पठाएका थिए ।

कात्तिक २८ गते शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले ओलीलाई कडा जवाफसहित पत्र बुझाएपछि नेकपाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । मन्त्रिपरिषद् विस्तार, राजदूतको नियुक्ति लगायतका विषयले नेकपामा विवाद उत्पन्न भएको थियो । सो विवाद शुक्रबारदेखि नयाँ चरणमा प्रवेश गरेको छ ।

यसअघि असार १२ गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड पक्षले ओलीको राजीनामा माग गरेपछि शुरु भएको विवाद भदौ २६ गत टुंगिएको थियो । भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नहुँदा पार्टीमा समस्या सृजना भएको प्रचण्ड पक्षले बताउँदै आएको छ ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलको सुझाव अनुसार ओलीले सरकार संचालन गर्ने र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्नेगरी कार्य विभाजन भएको थियो । भदौ २६ मा सहमति भएको दुई महिनामै नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x