क्लियर टिभीमा लक्ष्मी फिल्मको प्रिमियर सो

नेपालको एक अग्रणी केबल टेलिभिजन क्लियर टिभी मार्फत नोभेम्बर १६ मा लक्ष्मी फिल्मको प्रिमियर सो गर्ने भएको छ ।

क्लियर टिभीले च्यानल नं १११(एच डि) र ११२(एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गर्ने जनाएको छ ।


Advertisement

यस च्यानल मार्फत ग्राहकहरुले सो फिल्म आफ्नै घरमा बसि हेर्न सक्ने छन् । फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सकिने सुबिसु केबलनेट प्रालिले जनाएको छ ।

कोरोना संकटको विद्यमान परिस्थितिमा बाहिर गई हलमा फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जन लाई प्राथमिकता दिदै कम्पनीले मुभी अन डिमाण्डको औपचारिक सुरुवात गर्न लागेको हो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्