×

NMB BANK
NIC ASIA

नेकपा विवाद वाकयुद्ध, पत्रयुद्ध हुँदै प्रस्तावयुद्धसम्म

कात्तिक ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तिहारको मुखमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तीव्र ढंगले राजनीतिक घटनाक्रमहरू घटिरहेका छन् ।

Muktinath Bank

शुक्रवार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समस्याको जड नै प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली रहेको भन्दै राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा ध्रुव्रीकृत भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीले त्यो प्रस्ताव फिर्ता नलिए मंसिर ३ गते बस्ने भनिएको अर्को सचिवालय बैठक नबस्ने इशारा गरिसकेका छन् । आइतवार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नगरे बैठक नबस्ने संकेत गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

जवाफमा गौतमले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव ५ जनाकै रहेको र फिर्ता लिनुपर्ने भए बैठकमै कुराकानी गर्न आग्रह गरे । पार्टी र सरकार मनोमानी ढंगले चलाउन खोजेको भन्दै अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीसँग असन्तुष्ट छन् । 

Vianet communication
Laxmi Bank

यसअघि ओली र प्रचण्डबीच भेटघाट हुँदा आरोप प्रत्यारोप चल्ने गर्दथ्यो । पछिल्लो समय दुवै अध्यक्ष पत्रमार्फत एकले अर्कालाई आरोपित गरिरहेका छन् । राजनीतिक प्रस्तावसँगै प्रचण्डले ओलीलाई बुझाएको पत्रमा ओलीले झूट बोलेको, आफूमाथि प्रहार गर्नेलाई छानीछानी नियुक्ति दिएको, कार्यकारी अध्यक्षलाई काम गर्न नदिएको जस्ता आरोप लगाइएको छ । 

प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्छ भन्दै उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका नेताहरूले आफ्नो धारणा राखिसकेका छन् । 

गोकुल बाँस्कोटा लगायत ओलीनिकट अन्य नेताहरू पनि प्रचण्डले प्रस्ताव फिर्ता नलिए पार्टी विभाजन हुने भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् । तर प्रचण्ड–नेपाल पक्षले भने राजनीतिक प्रस्ताव फिर्ता हुने कुनै सम्भावना नरहेको अडान लिएको छ । 

‘त्यो राजनीतिक प्रस्ताव पाँचै जना नेताहरूको सामूहिक प्रस्ताव हो,’ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘भित्तामा जति टाउको ठोके पनि त्यो फिर्ता हुँदैन । अब बस्ने सचिवालय बैठकमा त्यही प्रस्तावउपर छलफल हुनुपर्छ र हुन्छ ।’

प्रचण्ड–नेपाल पक्षले ओलीसँग अब कुनै विकल्प नरहेको आकलन गरेका छन् । ‘गरे त्यही संविधानको दुरुपयोग हो । मद्यावधि घोषणा गर्ने, संकटकाल लगाउने जस्ता कामहरू गर्ने हो भने प्रधानमन्त्री र राष्ट्रपति दुवैमाथि लोकतन्त्र सिध्याएको आरोप लाग्छ । पार्टी एकताको पक्षमा खुरुखुरु आउनुको विकल्प उनीसँग छैन,’ ती नेताले भने । 

प्रधानमन्त्री ओली शनिवार अपराह्न राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओलीको करीब आधा घण्टाको आकस्मिक भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ । 

यसअघि वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्री ओलीले केही दिनमै त्यसलाई फिर्ता गरेका थिए । दल विभाजन खुकुलो हुने गरेर अध्यादेश पुनः अध्यादेश ल्याउन ओलीलाई सहज नभएको नेकपाकै नेताहरू दाबी गर्छन् । यसअघिको अध्यादेश द्रूतगतिमा जारी गरेकी राष्ट्रपति भण्डारीलाई पुनः त्यस्तै खालको अध्यादेश जारी गर्न नैतिक अप्ठ्यारो पर्न सक्छ । 

प्रधानमन्त्री ओली राष्ट्रपतिनिवास जानुभन्दा पहिला बालुवाटारमा आफूनिकट नेताहरूसँग प्रचण्डको प्रस्तावमाथि छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीका सल्लाहकारहरू, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताहरू थिए । प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दबाब दिने र फिर्ता नलिएमा सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कुराकानी भएको थियो । 

मंसिर ३ गते बस्ने सचिवालय बैठकमा ओलीले पनि आफ्नो तर्फबाट प्रस्ताव पेश गर्ने सम्भावना रहेको बालुवाटारनिकट स्रोत बताउँछ । ‘खासमा विधानअनुसार अध्यक्ष प्रचण्ड एक्लैले राजनीतिक प्रस्ताव पेश गर्न पाउनुहुन्न,’ ओलीनिकट एक नेताले लोकान्तरसँग भने, ‘बहुमत पुगेपछि विधान मिल्काएर अघि बढ्ने ? सकेसम्म त्यो प्रस्ताव फिर्ता लिन लगाउन हाम्रो जोड हुन्छ । होइन भने प्रधानमन्त्री ओलीले अर्को प्रस्ताव पेश गर्न सक्नुहुन्छ ।’

ओलीले आफ्नो छुट्टै प्रस्ताव बैठकमा पेश गरे भने पत्रमार्फत भएको झगडा प्रस्तावमार्फत शुरू हुन्छ । प्रचण्डले प्रस्तावमार्फत् ‘ओली प्रवृत्ति’लाई संस्थागत गर्न खोजेका छन् भने ओलीले पनि प्रचण्डलाई प्रस्तावमार्फत नै अझ कडा ढंगले आरोपित गर्न चाहन्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x