जाडोमा मूला खानुका यस्ता छन् फाइदा

जाडो महिनामा बिरामी हुने सम्भावना बढी हुन्छ । रोगबाट बच्नका लागि स्वस्थ खानेकुरा खानुपर्छ । 

मूला खाँदा स्वास्थ्य राम्रो रहन्छ । मूलामा भिटामिन सी, क्याल्सियम, एन्टी अक्सिडेन्ट लगायतका गुण हुनाले मधुमेह लगायतका समस्या आउन पाउँदैनन् । 
 


Advertisement

मूलाको सेवन गर्दा शरीरमा क्यान्सरका कोशिकाहरू बन्न पाउँदैनन् । आन्द्रा, पेट, मुख र मिर्गौलाको क्यान्सरबाट मूलाले बचाउँछ । 

दिनदिनै बिहान काँचो मूला खाँदा जन्डिस हुन पाउँदैन । अनि मूत्ररोग लागेकाहरूलाई मूला खाँदा आरम मिल्छ । अमिलो डकार आउने समस्या भएकाहरूले मूला कोरेर रस निचोर्ने अनि त्यसमा मिश्री हालेर खाने गर्दा आराम हुन्छ । 
 


Advertisement

मूलामा भएको पोषक तत्त्वले शरीरमा चिनीको मात्रा बढ्न दिँदैन । यसो हुँदा मधुमेह जस्तो रोगबाट मुक्ति पाइन्छ । 

जाडो महिनामा रुघाखोकीको समस्या रोगप्रतिरोधक क्षमता कम भएकाले आउने हो । मूलामा भएको एन्टीअक्सिडेन्ट गुणले रोगप्रतिरोधक क्षमता बलियो बनाएर मौसमी रुघाखोकीबाट बचाउँछ । शरीरलाई पीडा र थकानबाट पनि यसले आराम दिन्छ ।

सास गनाउने समस्या भएकाहरूले मूलाको रस निकालेर दिनमा दुईतीनपटक गिजा र दाँतमा दल्ने अनि कुल्ला गर्ने गर्नुपर्छ । मूला खाँदा दाँत र गिजा बलियो हुन्छन् । 

तौल घटाउन चाहनेहरूले मूला अवश्य खानुपर्छ । मूलालाई कागतीको रस र नूनमा चोपेर खाँदा कम भोक लाग्छ । कम भोक लागेमा तौल घट्छ ।  

अनुहारमा पिम्पल आएमा मूलाको एक टुक्रा घोटेर चिसो पानीले मुख धुनुभयो भने राम्रो हुन्छ । दिनदिनै मूलाले अनुहार घोट्नुभएमा दाग, पोतो र चाउरीहरू हराएर जान्छन् अनि छाला चम्किन थाल्छ । यसले छालाको आर्द्रता पनि कायम राख्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्