×

NMB BANK
NIC ASIA

विगतका वर्षमा कर्णालीको राजधानी वीरेन्द्रनगरका विभिन्न चोकमा फूलका मालाहरु बिक्रीका लागि राखिन्थे । ती फूलहरु भारतबाट व्यापारीले आयात गर्ने गरेका थिए तर यो वर्ष अवस्था फेरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

चीन तथा भारतबाट आयात भएका कृतिम मालाहरु मात्रै बजारमा छ्याप्छ्याप्ती देख्न पाइन्छ । गतवर्ष बिक्री हुननसकेका मालाहरु यो पटकको तिहारमा बिक्रीका लागि राखिएको छ । कर्णालीमा फूल खेती पर्याप्त नहुँदा भारतबाटै सयपत्रीका फूलहरु आयात गरेर पर्व मनाउने प्रचलन थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'गतवर्ष तिहार समयमै परेको र घर आँगनमा फूलहरू ढकमक्क भएका कारण माला लगाउन हामीलाई समस्या भएको थिएन,' वीरेन्द्रनगर ८ की सरिता कार्की भन्छिन्, 'तर यो वर्ष तिहार ढिलो परेको छ । भाइलाई कसरी माला लगाउने भन्ने तनाव थपिएको छ ।' उनको घर कालिकोट  भएपनि सबै भाइहरु जम्मा हुन नसकेका कारण यो वर्षको तिहार खल्लो भएको महसुस उनले गरिन् ।


Advertisment
Nabil box
Kumari

'गत वर्ष हामीले आफन्तको घरमा गएर देउसी भैलो खेलेका थियौं । साथीहरु सबै रमाएका थियौं,' वीरेन्द्रनगर ७ का लक्ष्मी रुपाखेती भन्छिन्, 'तर यो वर्ष कोरोना महामारीका कारण देउसी भैलो खेल्नु त परैको कुरा, सबै दाइभाइसँगै बसेर रमाईलो गर्ने अवस्था नै छैन । दशैं पनि खल्लो भयो । तिहार पनि खल्लो नै हुने देखेको छु ।'

Vianet communication
Laxmi Bank

उनका दुई दाजु र एक भाइ छन् । दुवै दाजुहरु गाउँमा भएका कारण योपाली एक भाइलाई माला लगाएर भएपनि तिहार मनाउने उनले बताइन् ।

'तिहारको सुरुको दिनदेखि नै देउसी खेल्न हामी लालायित हुन्थ्यौं । मादल बजाउँथ्यौं । जम्मा भएको रकम विद्यालयमा वा क्लबमा राख्ने गरेका थियौं,' आठबीस नगरपालिका वडा नं. ६ का युवक थापा भन्छन्, 'तर योपाली हामी देउसी भैली खेल्न नपाउने भएका छौं । वर्ष दिनपछि आएको तिहारमा रमाइलो गर्न नपाईने हुँदा खल्लो लागेको छ ।'

वीरेन्द्रनगर कै स्थानीय कमला विश्वकर्माले कोरोनाका कारण बजारमा कृत्रिम मालाको भाउ छोइ नसक्नु भएको बताउँछिन् । 'गतवर्ष पचासमा पाइने मालाको मूल्य अहिले १ सय १० पुगेको छ । करीब सबै मालाको मूल्य दोब्बर भन्दा बढी भएको छ,' उनी भन्छिन्, 'घर आँगनका फूलहरु सुकेका कारण कृत्रिम मालाको प्रयोग गर्नुको विकल्प छैन । बजार भाउ आकाशिएका कारण सबैले माला किन्न सक्ने अवस्था मैले देखेको छैन ।'

यी प्रतिनिधिमूलक पात्र मात्र हुन  । यो वर्ष वीरेन्द्रनगरमा त्यति धेरै चहलपहल नै नभएको मालाको कारोवार गर्दै आइरहेका नवराज केसीले भने, 'गतवर्षको तुलनामा आधा मात्रै व्यापार भएको छ । ग्राहक नहुँदा मैले थोरै मात्रै माला ल्याएको थिएँ । ति माला पनि बिक्री हुन मुस्किल भएको छ ।'

यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले एक करोड बढीको माला भित्रिएको बताए । 'कर्णालीमा फूल खेति नै छैन भन्दा हुन्छ । हामी पहिलेदेखि नै परनिर्भर छौं । प्रदेश सरकार आएपछि विकास हुने र कर्णालीको बजेट बाहिर जानबाट केहि रोकिने आशा थियो, त्यो निराशामा परिणत भएको छ,' उनले भने, 'माला मात्रै एक करोड र दिया, मूर्तिहरु, टीका, अबिर, सुख्खा खानेकुराहरु एक करोड गरी सुर्खेतबाट दुइ करोड रुपैंया बाहिरिएको छ ।'

उनले सरकारले उद्योगमैत्री नीति नलिएका कारण रकम बाहिरिने गरेको बताए । 'किसानलाई मल तथा बीऊ उपलब्ध हुँदैन । ऋणको व्यवस्था छैन । पावर र पहुँच हुनेहरुले अनुदान लिन्छन् काम गर्दैनन्,' उनले भने, 'यही समस्याका कारण यहाँ हरेक वस्तुमा परनिर्भर बन्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले उद्योगधन्दाको संरक्षण गर्न सकेको खण्डमा र युवाहरुलाई फूल खेतितर्फ आकर्षित गर्न सकेको खण्डमा आगामी वर्ष यति बजेट नबाहिरिने थियो कि ?'

  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x