×

NMB BANK
NIC ASIA

नेकपा विवाद

अब प्रचण्डसँग सँगै हिँड्न सकिन्न - ओली, लहडका भरमा पार्टी एकता तोडिन्न - नेपाल

कात्तिक ३०, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग सँगै हिंड्न नसकिने प्रतिक्रिया दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर प्रचण्डसँग एउटै पार्टीमा रहन नसकिने भन्दै पूर्व एमाले ब्यूँताउन प्रस्ताव गरेका हुन् । आजको भेटमा महासचिव विष्णु पौडेल पनि सँगै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली र नेपालबीच बालुवाटारमा करीब २ घण्टा छलफल भएको स्रोतले लोकान्तरलाई बतायो ।


Advertisment
Nabil box
Kumari

'आज भएको उहाँहरू बीचको भेटघाटमा पनि प्रधानमन्त्रीले जे चाहियो त्यो लिनुस् भनेर अफर दिनु भएछ,' नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'पूर्व एमाले एकजुट हुनुपर्ने र त्यसका लागि आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको ओलीको प्रस्ताव रहेछ ।'

Vianet communication
Laxmi Bank

गत शुक्रवार प्रचण्डले ओलीमाथि दर्जन बढी आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेपछि ओली पक्ष क्रुद्ध बनेको छ । सो प्रस्ताव फिर्ता नलिए मङ्सिर ३ का लागि बोलाइएको अर्को सचिवालय बैठक बस्न सम्भव नहुने ओलीपक्षको दाबी छ ।

नेपालसँगको भेटमा ओलीले प्रस्तावका रूपमा आफूमाथि लागेको झुटो आरोप खण्डन गर्न आवश्यक नै नभएको भन्दै त्यसलाई फिर्ता नलिए अनिष्ट हुने चेतावनी दिएका थिए ।

जवाफमा नेता नेपालले यति ठूलो मेहनतका साथ गरिएको एकता लहडका भरमा तोड्न नहुने सुझाव दिए ।

'पार्टीको अध्यक्ष, प्रधानमन्त्री भएका नाताले कहाँ कमजोरी भयो, त्यसलाई सच्याउन तपाईं तयार हुनैपर्छ,' नेता नेपालको भनाइ उदृत गर्दै उनीनिकट ती नेताले भने, 'लहडका भरमा एकता तोडिन्न । प्रस्ताव फिर्ता लिनुपर्ने तपाईंको माग हो भने बैठकमै सबैका अगाडि छलफल गरेर आवश्यक निर्णय लिन ठीक हुन्छ ।'

नेता नेपालले अस्ति पेश गरिएको प्रस्ताव प्रचण्डको मात्र नभएको बरू सामूहिक भएको दाबी गरे । 'अध्यक्ष लिने भए पनि लिनुस्, प्रधानमन्त्री लिने भए पनि लिनुस' भनेर ओलीले गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरिदिएका छन् ।

नेता नेपालले ओलीको अफर अस्वीकार गर्दै भने, 'पार्टी विधि र पद्धतिमा चल्नुपर्यो, सरकारले जनताका मुद्दाहरूमा काम गर्नुपर्यो, त्यो भयो भने मलाई अध्यक्ष पनि चाहिन्न, प्रधानमन्त्री पनि चाहिन्न ।'

ओलीले कात्तिक महिनामा मात्र नेता नेपाललाई ५ पटक बालुवाटार बोलाएर छलफल गरेका छन् ।

आजै ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि छलफलका लागि बालुवाटार बोलाएका थिए । गौतमले पनि ओलीलाई प्रचण्डले पेश गरेको प्रस्ताव सामूहिक भएको भन्दै बैठकमै छलफल हुने जवाफ दिएको स्रोतको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x