×

NMB BANK
NIC ASIA

नेपाल संवत्लाई नेपालको नयाँ संवतको रूपमा थाल्न मन्त्री श्रेष्ठको माग

मंसिर १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल संवत्लाई नेपालको नयाँ संवत्को रूपमा थालनी गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

नेपाल संवत् ११४१ को अवसरमा मध्यपुर थिमीमा  राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै उनले नेपालको आफ्नै संवत्को रूपमा नेपाल संवत् प्रयोगमा ल्याउनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै जाति र भाषाभाषीको अपनत्व हुने गरी नेपाल संवत्लाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै उनले सबैले नेपाल संवत्लाई नेपालीले कामकाजमा समेत प्रयोग गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

शंखधर साख्वालाई राष्ट्रिय विभुति घोषणा गराउनेदेखि टिकट प्रकाशनसँगै नेपाल भाषा उत्थान नेपाल संवत् मनाउन महत्त्वपूर्ण भूमिका खेल्ने पूर्वमन्त्री एवं मानव अधिकारवादी नेता स्व. पद्मरत्न तुलाधरको योगदानको चर्चा गर्दै मन्त्री श्रेष्ठले उनको सम्झनामा सरकारले रत्नपार्कमा शालिक स्थापना गर्ने अन्तिम तयारी गरेको जानकारी गराए ।

Vianet communication
Laxmi Bank

नेपाल संवत् र न्ह्ुदया भिन्तुनाको हरेका कार्यक्रममा  अंग्रपंक्तिमा खटिने नेता तुलाधरको योगदानलाई कसैले पनि बिर्सन नसक्ने उनले बताए । उनले मंसिर ६ गते रत्नपार्कको नाम शंखधर साख्वा पार्क नामाकरण गरी  पार्क परिसरमा साख्वाः र तुलाधारको पूर्णकदको शालिक अनावरण गरिने जानकारी दिए ।

गरीब नेपालीको ऋणमोचन गर्ने शंखधर साख्वाःले गरेको योगदानको कदर गर्दै उनले शुरूआत गरेको नेपाल संवत्लाई सबैले प्रयोग गर्नुपर्ने उनको भनाई थियो । 

प्रतिमा माल्यार्पण कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कामकाजी भाषाको रूपमा नेपाल संवत्लाई प्रयोगमा ल्याउनुपर्ने बताए । उनले भने, ‘अहिले त नेपाल संवत् नेवार समुदायले मात्र मानेको जस्तो भएको छ । सबैको अपनत्व हुने गरी यस्लाई व्यापक बनाउनुपर्छ ।’

न्युदया भिन्तुना र नेपाल संवत् मूल समिति गठन गर्दा नेवार बाहेकका जातिलाई पनि समेट्नुपर्ने बताउँदै उनले भने, ‘नेपाल संवत् सबै नेपालीको संवत् हो, अहिलेसम्म किन नेवारको मात्र देखिएको छ ? त्यसैले यसलाई सरकारले राष्ट्रिय पर्वको रूपमा मान्यता दिन नसकेको हुनसक्छ । आगामी वर्ष नेपाल संवत् मनाउँदा यस विषयमा गम्भीर छलफल आवश्यक छ ।’

नेपाल संवत् ११४१ को अवसरमा काठमाडौं र ललितपुरमा पनि विविध कार्यक्रम आयोजना गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x