नेपाल आइडलका अफसर अलीको गीत सार्वजनिक

नेपाल आइडलबाट रुपन्देहीको नाम चम्काएका अफसर अलीको सुमधुर शब्द संगीत र स्वरमा सजिएको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक यो गीतको भिडियोलाई सुरज पाण्डेयले खिचेका हुन् ।
भिडियोलाई संचारकर्मी सुमन श्रेष्ठले निर्देशन गरेका हुन् ।

विगत १७ वर्षदेखि पत्रकारिता क्षेत्रमा जमेका संचारकर्मी श्रेष्ठले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो ।  तर यस अघि उनले धेरै शर्टमूमि भने निर्माण गरिसकेका छन् ।


Advertisement

जी बिट्सको प्रोडक्सन रहेको म्युजिक भिडियोमा मोडल जोसनमान गौचन, सोनु रामजाली, कृष्ण भुषाल र बिनु रामजालीको मुख्य भूमिका रहेको छ । मोडेल जोसनमानको यो दोश्रो म्युजिक भिडियो हो । मुभ अन प्रोडक्सन प्रालिको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सार्वजनिक भएको छोटो समयमा धेरैले मन पराएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्