×

NMB BANK
NIC ASIA

नेकपा विवाद : संकट टार्न दोस्रो तहका नेताहरूको सक्रियता, महासचिव पौडेलले प्रचण्डलाई भेटे

मंसिर २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा बुधवारका लागि निर्धारित सचिवालय बैठक प्रभावित हुन नदिन नेकपाका दोस्रो तहका नेताहरूले सक्रियता बढाएका छन् ।

Muktinath Bank

यसक्रममा महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलवार भेटवार्ता गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिको प्रयास स्वरूप महासचिव पौडेलले प्रचण्डसँग मंगलवार कुराकानी गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलिको बैठक प्रभावित हुन नदिन सहमतिको प्रयास भइरहेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘आजै मात्र महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ, सहमतिका लागि प्रयास भइरहेका छन्,’ नेम्वाङले लोकान्तरसँग भने । 

स्रोतका अनुसार भेटमा प्रचण्डले आफूले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नलिने सन्देश पठाएका छन् । 

पूर्व माओवादी खेमाका दोस्रो तहका नेताहरूले पनि पार्टी एकता जोगाउने भन्दै सक्रियता देखाएका छन् । 

गत २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग समन्वय विना नै राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा विवाद बल्झिएको छ ।

ओली पक्षले प्रचण्डको प्रस्ताव पार्टीमा छलफल नहुने भन्दै फिर्ता लिन दबाब दिएको छ । 

प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो प्रस्ताव आफूहरूको सामूहिक भएको भन्दै फिर्ता नगर्ने अडान लिएका छन् ।

प्रस्ताव फिर्ता लिनुपर्ने ओली पक्षको दबाब र फिर्ता नगर्ने प्रचण्ड पक्षको अडानका कारण भोलिका लागि पूर्वनिर्धारित सचिवालय बैठक प्रभावित हुने संकेत देखिएको छ । 

सचिवालय बैठक बोलाउन माग गर्दै सचिवालयका बहुमत सदस्यले कात्तिक २२ गते लिखित पत्र दिएपछि कात्तिक २८ मा सचिवालय बैठक बसेको थियो । 

शुक्रवार केहीबेरका लागि बसेर सचिवालय बैठक बुधवारसम्मका लागि स्थगित भएको थियो । 

राजदूत सिफारिश, मन्त्रिपरिषद् विस्तारसँगै शुरू भएको नेकपा विवादको पछिल्लो शृंखला प्रचण्डको पत्रसँगै नयाँ चरणमा प्रवेश गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x