मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
चलचित्र ‘प्रसाद’ सर्वाधिक हिट चलचित्र हो । यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय थियो । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका थिए ।
तर, दिनेश राउत यो चलचित्रको दोस्रो सिक्वेलबाट भने पछि हटेर अर्कै चलचित्र निर्माणमा लागेका छन् । त्यसपछि निर्माता सुभाष थापाले चलचित्रको निर्देशन चलचित्र लभ डायरिजका निर्देशक सौरभ चौधरीलाई सुम्पिएका छन् ।
यो चलचित्रलाई लिएर सौरभ निकै गम्भीर छन् । सौरभ भन्छन्, ‘हिट चलचित्रको सिक्वेल बनाउने कुरा सामान्य छैन । यसका लागि मैले दिनरात मेहनत गरिरहेको छु ।’
सौरभले अहिले कलाकारलाई दैनिक रुपमा रिहर्सल गराइरहेका छन् । चलचित्रको स्क्रिप्टलाई सुशील पौडेलले लेखेका हुन् ।
चलचित्रमा पुरानै कलाकार रहनेछन् । सौरभले अघिल्लो चलचित्रको तुलनामा विषयवस्तु अझ कठिन र धेरै मेहनत गर्नुपर्ने प्रतिक्रिया दिए ।
उनले थपे, ‘जिन्दगीमा धेरै परिक्षा दिनुपर्छ । यो पनि मेरो एउटा ठूलो परीक्षा हो । यो पास भएको खण्डमा मैले धेरै सानातिना खुट्किला चढ्न सक्नेछु ।’
हाल स्क्रिप्टको काम सकेर निर्माण टिम छायांकनमा जाने अन्तिम तयारीमा छ । चलचित्रको सम्पूर्ण भागको छायांकन बाग्लुङमा हुनेछ । चलचित्रको बजेट २ करोड छुट्ट्याइएको छ ।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...