२७ जेठ २०८३, बुधबार

प्रचण्डको प्रस्ताव फिर्ता नभएको भन्दै शंकर पोखरेलको विरोध

प्रचण्डको प्रस्ताव फिर्ता नभएको भन्दै शंकर पोखरेलको विरोध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नभएको भन्दै विरोध गरेका छन् । उनले पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्ष केपी ओलीलाई बैठकमा अर्को प्रस्ताव ल्याउन समय दिनु उचित नभएको बताएका छन् ।

पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई बैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्तावेज बाटो एकता तर्फको बाटो अवश्य होइन’, पोखरेलले भनेका छन् ।

उनले सचिवालय बैठक स्थगित भएको १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा  सदुपयोग गर्न पनि ध्यानाकर्षण गराएका छन् ।  अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्ने उनको चेतावनी छ ।

salt training

कमेन्ट गर्नुहोस्