कोरोना संक्रमित र मृतक बढेपछि अमेरिकामा विद्यालय बन्द

अमेरिकामा कोभिड–१९ संक्रमित २ लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोभिड–१९ संक्रमणमा पुनः वृद्धि देखिएपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी संक्रमण नियन्त्रण गर्ने अन्य उपाय समेतलाई अवलम्बन गर्न थालिएको छ ।


Advertisement

यूरोपमा कोभिड–१९ को नियन्त्रणका लागि भन्दै विभिन्न उपायहरूलाई अवलम्बन गर्ने यूरोपेली मुलुकहरूको तयारीविरुद्ध ती मुलुकहरूमा बजार गतिविधि नियन्त्रणविरोधी विरोधहरू भएका छन् ।

अमेरिकामा बिहीवारसम्म कोभिड–१९ संक्रमितमध्ये २ लाख ५० हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने बुधवार एकै दिनमा १ लाख ५७ हजार ९५० जना थप व्यक्ति संक्रमित भएका जोन हकिन्स विश्वविद्यालयले बताएको छ । 


Advertisement

अमेरिकी राज्यहरू र शहरले कोभिड संक्रमण दरमा नियन्त्रण नआएपछि नियन्त्रणका पूराना तथा नयाँ उपायलाई अभ्यासमा ल्याउने बताएका छन् ।

न्यूयोर्कका नगर प्रमुख बिल डे ब्लासियोका अनुसार शहरमा कोभिड–१९ संक्रमितको संख्या पुनः बढ्न थालेपछि शहरमा रहेका करीब १ हजार ८०० विद्यालयलाई बन्द गरिएको छ । ती विद्यालयले दूरशिक्षालाई बिहीवारदेखि नै अभ्यासमा ल्याएका छन् ।

नगर प्रमुख ब्लासियोले भने, ‘हामीले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न जरुरी भएको छ ।’ अमेरिकी औषधि कम्पनी पिफाइजरले विकास गरेको खोपले ९४ प्रतिशत बिरामीमा सकारात्मक नतिजा दिएको भन्ने खबरबाट आशावादी बनेका अमेरिकीहरूलाई अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्क शहरमा नियन्त्रणका लागि विद्यालय बन्द गर्ने नीतिपछि थप सशंकित बनेका छन् ।

कमेन्ट गर्नुहोस्