असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
लाल–भागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।
छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसकेका कनकाई नगरपालिका–३ का साहित्यकार मित्रप्रसाद दाहाललाई ‘लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार प्राङ्गारिक कृषिका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आउनुभएका मेचीनगर नगरपालिका–१४ निवासी डिल्ली खतिवडालाई ‘लाल भागीरथा बानियाँ स्मृति कृषि पुरस्कार’ र सन्तानलाई असल संस्कार दिएर सुखी र समृद्ध परिवार निर्माणमा योगदान दिएवापत अर्जुनधारा निवासी यशोदा बराललाई ‘लाल भागीरथा बानियाँ असल गृहिणी पुरस्कार’ले सम्मान गरिनेछ ।
ती पुरस्कार रु ३१ हजार नगद राशिको हुने छ । यही मङ्सिर २० गते प्रतिष्ठानको कार्यालय मेचीनगर –११ धाइजनमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने अध्यक्ष बानियाँले बताउनुभयो । प्रतिष्ठानले गत वर्षदेखि स्थानीय प्रतिभाको खोजी गरी पुरस्कृत गर्दै आएको हो ।
गत वर्ष सामाजिक सेवातर्फ मेची बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख कमल गुरागाईँ, कृषि विज्ञानतर्फ भद्रपुर नगरपालिका–१० का भीम कुँवर र असल गृहिणीतर्फ मेचीनगर नगरपालिका–१० की नीतु सुवेदीलाई पुरस्कृत गरिएको थियो ।
राजनीतिक, शैक्षिक र सहकारी क्षेत्रका झापाका अगुवा हरिचरण र उहाँका दाजुभाइले पिता स्व लालबहादुर र माता स्व भागीरथाका स्मृतिमा हरेक वर्ष तीन प्रतिभालाई पुरस्कृत गर्ने गरी रु १० लाखको अक्षयकोष स्थापना गरेका छन् ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...