×

NMB BANK
NIC ASIA

दाउरा सङ्कलनमा बन्देज लागेसँगै कञ्चनपुरमा शव जलाउने दाउरा अभाव

मंसिर ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सामुदायिक वनबाट काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि कञ्चनपुरमा शव जलाउन दाउराको अभाव हुन थालेको छ ।

Muktinath Bank

सामुदायिक वनबाट थोरै मूल्यमा उपलब्ध हुने काठ दाउरा नपाइने भएपछि स्थानीय उपभोक्तालाई चर्को मूल्यमा मिलहरुबाट शव जलाउनका लागि दाउरा खरिद गर्नुपर्ने बाध्यता  छ । घर निर्माण भने काठकै अभावमा अलपत्र छ । धेरै जना काठको विकल्पमा आल्मुनियमको प्रयोग गरी घर निर्माणमा जुटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपन्न परिवारका लागि घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउरा  उपलब्ध नहुँदा साँझ बिहानको खाना पकाउन निकै अप्ठ्यारो परेको छ । 'सामुदायिक वनमा दाउरा माग्न जाँदा बन्द भएको कारण दर्साउँदै फर्काउने गरेका छन्', उपभोक्ता मीना चौधरीले भने, 'दैनिक मजदूरी गरेर जीविका धानिँदै आएकाले ग्यास खरिद गर्न सक्दैनौँ । दाउरा उपलब्ध नहुँदा निकै मर्कामा परेका छौँ ।'


Advertisment
Nabil box
Kumari

'वन क्षेत्रमा काटिएको काठ दाउरा कुहिएर जान थालेको छ', वैजनाथ सामुदायिक वनका उपभोक्ता सुशीला धामीले भने, 'शव जलाउन, विवाह, ब्रतबन्ध, चाडपर्वलगायत अन्य कार्यका लागि काठ दाउरा खरिद गर्नुपर्ने भएको छ । वनबाट लाभ लिनका लागि संरक्षण गरेका हौँ । वन पैदावार उपभोग गर्न नै नपाइने भएपछि संरक्षण गर्नुको के अर्थ हुन्छ ?' 

Vianet communication
Laxmi Bank

उपभोक्ताले घरकाज, मुत्युसंस्कार, धार्मिक कार्यलगायतमा काठ दाउराको माग गर्दै आए पनि दिन नसक्दा वन संरक्षणमा उपभोक्ताको धारणा नकारात्मक बन्दै जान थालेको सामुदायिक वनका पदाधिकारीको भनाइ छ ।

'नियमानुसार काटिएको काठ दाउरा वन क्षेत्रमै अलपत्र छ', महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भने, 'काठ चोरी हुनबाट रोक्नका लागि दिनरात नभनी वन क्षेत्रमै खटिनुपर्ने अवस्था रहेको छ । काठ दाउरा दिन नसक्दा उपभोक्ता रुष्ट हुन थालेका छन् ।'

मन्त्रिपरिषद्को गत जेठ १५ गतेको निर्णयानुसार सालका काठ, दाउरा सङ्कलन तथा वितरणमाथि प्रतिबन्ध लगाइएको हो ।

वन क्षेत्रमा काटेको काठ सङ्कलन गरी घाट गद्दी गर्ने कार्य नहुँदा काठ चोरी हुने, आगलागी भई नष्ट हुने, कुहिने र सामुदायिक वनको आम्दानी र काठबाट उपलब्ध हुने राजश्वमा ह्रास आउने समस्या बढ्दै गएको छ । 'सामुदायिक वनबाट काठ नपाइएपछि घर निर्माण अपूरै रहेको छ', सामुदायिक वनका उपभोक्ता भागिराम चौधरीले भने, 'काठको अभावमा फाटेको कपडा झ्याल, ढोकाका रुपमा प्रयोग गर्नुपर्ने बाध्यता छ ।'

वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनमा मात्रै नभएर लागू नभएका वनको पनि काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि उपभोक्ता निकै आक्रोशित भएका छन ।

'वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम सरकारले नै लागू गरेको हो', स्थानीयवासी जगत चौधरीले भने, 'सरकारले नै पुराना काम नलाग्ने रुख काट्नका लागि कार्य योजना बनाइ आदेश दिएको हो । सरकारले नै काटेको काठ सङ्कलन गर्न दिँदैन । उपभोक्ताले सामुदायिक वन मात्रै जोगाउने हो की वन पैदावार उपभोग पनि गर्न पाउँछन । यसको निर्क्योल गरिनुपर्छ । काठ सङ्कलनमा लगाइएको बन्देज तत्काल फुकुवा हुनुपर्छ ।' 

'वनमा काठ कटानी गर्दा अनियमियता भएको छ भने त्यसको छानविन हुनुपर्छ । साधारणसभा नै बोलाएर वैज्ञानिक वन व्यवस्थापन लागू भएका सामुदायिक वनले कार्य योजना बनाइ स्वीकृत भएपछि रुख कटानी गरेका हुन्' भगवती सामुदायिक वनका अध्यक्ष केशवसिंह धामीले भने, 'अनियमिता नै भएको हो भने सामुदायिक वनको साधारणसभा बोलाई उपभोक्ताको राय आउने गरी पुनःनिष्पक्ष छानबिन गरिनुपर्छ ।'

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू नभएका वनको काठ दाउरा समेत सङ्कलनमा रोक लगाइएको छ । त्यो खुला हुनुपर्छ' उहाँले भने । कञ्चनपुरका ११ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x