×

NMB BANK
NIC ASIA

बादलको कार्यक्षेत्रमा ईश्वर पोखरेलको हस्तक्षेप, गृहमन्त्रीलाई थाहै नदिई एआईजीको दरबन्दी थप !

मंसिर ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधानमन्त्री ईश्वर पोखरेलको ठाडो हस्तक्षेपमा एकजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

तालुकवाला गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी नदिई आफू अनुकूलको एआईजी थप गर्नका लागि उप्रधानमन्त्री पोखरेलले एआईजी र डीआईजीको दरबन्दी थप गराएपछि चौतर्फी विरोध भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री बादल र गृहसचिव महेश्वर न्यौपाने एआईजीको दरबन्दी थप गर्ने पक्षमा नहुँदा हुँदै पनि उप्रधानमन्त्री पोखरेलले बलमिच्याइँ गरेर मन्त्रिपरिषद्बाट एआईजीको दरबन्दी थप गराएको गृह मन्त्रालय स्रोतले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

‘उपप्रधानमन्त्रीज्यूले आफू अनुकूलका मान्छे बढुवा गर्न बलमिच्याइँ गरेर एआईजीको दरबन्दी चोरबाटोबाट ल्याउनुभएको हो, यो सरासर गलत छ,’ गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

कुनै एक जनालाई आफूअनुकूल बनाउनका लागि गलत बाटोबाट एआईजीको दरबन्दी थप गर्दा आफूहरू जस्ता काम गर्ने प्रहरी अधिकारीको मनोबल खस्कने प्रहरीका एक उच्च अधिकारीले लोकान्तरलाई बताए ।

‘यसरी एक जना व्यक्तिका लागि दरबन्दी थप गर्ने चलन ल्याए हामी किन काम गर्ने ? राजनीतिक बाटो खोजे भैगो नि !’ ती उच्च अधिकारीले  भने, ‘यस्तो व्यवस्थाको विरोध गर्नुपर्छ, यसले आगामी दिनमा पनि नराम्रो नजिर बस्न सक्छ ।’​

दशैंअगाडि ५ जना डीआईजीको दरबन्दी थप गर्नुपर्ने आवश्यकता रहेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी प्रधान कार्यालयको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए, तर प्रधानमन्त्री केपी शर्मा ओलीले थप पुनरावलोकन गर्नुपर्ने भन्दै उक्त प्रस्तावलाई रोकेका थिए ।

तर बिहीवार मन्त्रिपरिषद्ले अचानक एक जना एआईजी र ५ जना डीआईजी थप गरेपछि प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले नै अनविज्ञता प्रकट गरेका छन् ।

डीआईजीमा बढुवाका लागि २४ एसएसपीको दौडधुप

​सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा एउटा र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा ५ वटा दरबन्दी थपेपछि प्रहरीमा एआईजी र डीआईजीमा बढुवा हुन चाहनेको दौडधुप बढेको छ । 

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एक एआईजी र ५ जना डीआईजीको दरबन्दी थपेसँगै रिक्त रहेका ३ डीआईजी, एकजना एआईजीमा बढुवा हुँदा रिक्त हुने अर्को कोटा र थपिएका ५ गरी ९ जना डीआईजीको कोटा खाली हुने अवस्था छ । शीर्ष ९ भित्र पर्न २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको दौडधुप शुरू भएको छ ।

खाली दरबन्दी संख्या ९ रहने अवस्था भएपनि बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री ब्याचका (२०४९ वैशाख १९ मा प्रहरी निरीक्षक भर्ना) गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, रामकृपाल शाह, दिलिप चौधरी, शौरभ राणा, प्रकाश अधिकारी, डा. देवबहादुर बोहोरा, देवबहादुर बोगटी, उमेश रञ्जीतकार, प्रदीपकुमार श्रेष्ठ र राजेन्द्र चौधरीसहित ११ जना एसएसपीहरू बढुवाको दौडमा छन् ।

आईजीपीकै पालाका वैकल्पिकहरू सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, मोहन आचार्य, विक्रम चन्द, मोहम्मद आलम खाँ लगायत १३ जना एसएसपीहरू पनि डीआईजीको दौडमा देखिएका छन् । 

त्यसपछिका डीआईजी विश्व पोखरेल र सहकुल थापाका ब्याचका एसएसपी पनि दौडमा देखिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x