×

NMB BANK
NIC ASIA

विद्यालयसँग कक्षा सञ्चालनको कार्ययोजना माग

मंसिर ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाका बारेमा सरोकारवालासँग सुझाव माग गरेको छ । 

Muktinath Bank

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवाहरुसँग महामारीबाट जोगिँदै विद्यालय सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो । उपमहानगरलाई नागरिक स्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगरले कोरोना महामारी (कोभिड(१९) को संक्रमण कम रहेका वडाका विद्यालयमा पठन पाठन नियमित गराएको छ भने संक्रमणको जोखिम धेरै रहेको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ । उपमहानगरले शुक्रबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसँग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको छ । मंसिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्ने छ ।


Advertisment
Nabil box
Kumari

बुटवलका वडा नं. १ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, सम्भावना र जोखिमका बारेमा विस्तृत विवरण उपलव्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख शिवराज सुवेदीले बताए  ।  उपमहानगरले जारी गरेका विकल्पहरु मध्ये उपयुक्त विकल्पहरु प्रयोग गर्ने गरी विद्यालय संचालन सम्बन्धी कार्ययोजना तयार गरी मंसिर ८ गते भित्र उपमहानगरको कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

Vianet communication
Laxmi Bank

 कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष  सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी सरोकारवालको सहकार्यमा ती वडामा विद्यालय सञ्चालनको कार्ययोजना बनाइने छ ।

उपमहानगरले वडा नं. १ देखि १३ सम्मका क्षेत्रलाई संक्रमितको संख्या, सक्रिय संक्रमित र निको भएका दरका आधारमा अझै पनि जोखिमयुक्त मानेको छ । जोखिमयुक्त यिनै वडामा रहेका विद्यालयमा नियमित पठन पाठन (फेस् टू फेस् मेथड) सञ्चालन गर्न सकिने नसकिने विषयमा कार्ययोजना माग गरिएको हो ।

बुटवलका वडा नं. १४ देखि १९ सम्म कोभिड संक्रमणको जोखिम कम रहेका क्षेत्र हुन् । यहाँका संक्रमितको संख्या, निको हुनेको संख्या र सक्रिय संक्रमितको अवस्थाका आधारमा यी वडालाई जोखिम कम रहेको मानिएको हो ।
संक्रमण भएका, निको भएका, संक्रिय संक्रमित रहेका संख्याका आधारमा जोखिमको अवस्थाको मूल्यांकन गर्दै शिक्षण सिकाई केन्द्रहरु मापदण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । 
 वडा नं. १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुबै विद्यालयमा शिक्षण सिकाईका कक्षाहरु दसैंको पूर्णिमाको भोलिपल्ट देखि नै नियमित सञ्चालनमा रहेको र त्यहाँ पनि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालका अनुसार बुटवलमा मंसिर ५ गतेसम्म संक्रमितको संख्या तीन हजार ७३ रहेको छ । मंसिर ५ गते मात्रै एकै दिन जम्मा १३ जना संक्रमित थपिएका छन् । जसमा वडा नं. १४ देखि १९ सम्ममा एकजना पनि छैनन । हाल चार सय ११ सक्रिय संक्रमित रहेकोमा यी वडामा जम्मा सात जना रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x