पोखरा महानगरको सेवा एक साता स्थगित

पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्नेअत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको छ । महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।

महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ ।


Advertisement

 


Advertisement

कमेन्ट गर्नुहोस्