नेकपा जनअपेक्षाअनुसार अघि बढ्नुपर्छः मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सरकार र नेकपा जनअपेक्षाअनुसार बढ्नुपर्नेमा जोड दिएका छन् ।
पाँचथरको तुम्बेवा गाउँपालिका– १ ढुकुरेमा आज विद्युत् सवस्टेशन शिलान्यास गर्दै मन्त्री नेम्वाङले जनअपेक्षाअनुसार नेकपा र सरकार अघि बढ्नुपर्ने बताए ।

नेम्वाङले जनताको सहभागिता र सरकारको दृढताले मात्रै समृद्धि सम्भव हुने समेत बताए ।


Advertisement

विशेष महत्वका सडक, खानेपानी तथा विद्युतीकरणका काममा सरकारको लगानीका अतिरिक्त जनताको सहयोग जुटेको बताउँदै मन्त्री नेम्वाङले सरकार र नागरिक जुटेर मुलुकको अवस्था बदल्न सधैँ दृढताका साथ लाग्नुपर्ने बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्