×

NMB BANK
NIC ASIA

मेसी भन्छन्, ‘आरोपले म थाकें’

मंसिर ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निराश लियोनल मेसीले बार्सिलोनाको प्रत्येक समस्यामा दोषी देखाएर आरोप लगाउने हुनाले आफू त्यसबाट थाकेको बिहीबार बताएका छन् ।

Muktinath Bank

एन्टोइन ग्रिजमनका पूर्व एजेन्टले मेसीकै कारण फ्रान्सेली स्ट्राइकरले बार्सिलोनाका लागि ला लिगामा राम्रो खेल्न नसकेको आरोप लगाएका थिए । एजेन्ट एरिक ओल्ह्याट्सले बार्सिलोनामा मेसीले चाहिने भन्दा बढी नियन्त्रण गरेको बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मेसीको आतंकका कारण ग्रिजमनले गत वर्ष क्लब आएयता सोचेजस्तो प्रदर्शन गर्न नसकेको आरोप लगाएका थिए । विश्वकप छनोटमा अर्जेन्टिनाका लागि खेलेयता मेसी बार्सिलोना आइपुगेका हुन् र विमानस्थलबाट बाहिर पुगेलगत्तै उनलाई स्पेनी मिडियाले घेरेको थियो । त्यसै क्रममा उनले भने, ‘सत्य बोल्ने हो भने म थाकिसकें, किनभने बार्सिलोनाका प्रत्येक असफतामा मेरै कारण देखाइन्छ ।’


Advertisment
Nabil box
Kumari

मेसीले अगाडि थपे, ‘अहिले म १५ घण्टा उडानमा बिताएर थाकेर आइरहेको छु, स्पेनी कर अधिकृतहरू पनि मलाई नै पर्खिइरहेका छन्, यो त पागलपनको हद नै हो ।’ बार्सिलोनासँग अनुबन्धको एक वर्ष बाँकी छँदा मेसीले विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न खोजेका थिए, तर त्यसमा सफल भएनन् । आफ्नो क्लबविरुद्ध कानुनी लडाइँ लड्न उनी अनिच्छुक रहेका थिए ।  

Vianet communication
Laxmi Bank

युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएयता बार्सिलोना एकपछि अर्को समस्याबाट गुज्रिइरहेको छ । गत महिनामात्र अविश्वासको प्रस्ताव सामना गर्नॅ अगाडि नै क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका थिए । पछिल्लो समय मेसी आफै स्पेनी कर अधिकृतहरूको लगातार सोधपुछमा फसेका छन् ।

सन् २०१६ मा मेसीलाई २१ महिनाको जेल सजाय सुनाइएको थियो । यसक्रममा उनलाई २० लाख युरो पनि जरिवाना गराइएको थियो । उनीमाथि छवि अधिकारबाट कमाएको ४२ लाख युरो स्पेनी सरकारसमक्ष लुकाएको आरोप लगाइएको थियो । मेसीले दुई लाख ५० हजार युरो तिरेपछि उनी जेल भने जानुपरेन । स्पेनी कानुनमा कुनै पूर्व दोष नभए दुई वर्षसम्मको जेल सजाय बाहिरी निगरानीमा बिताउन पाउने नियम छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x