×

NMB BANK
NIC ASIA

कोेरोना महामारीका यी अदृश्य कमान्डर : आइसोलेसनमा चौकीदार बनेका हवल्दार

मंसिर ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला रुपन्देही हो । जहाँ हालसम्म संक्रमित संख्या ७ हजार नजिक छ ।

Sagarmatha Cement
Muktinath Bank

वैशाख १९ गते पहिलो पटक रुपन्देही र बाँकेमा एकसाथ १/१ जना संक्रमित भेटिएको प्रदेशमा जेठको पहिलो हप्ता पुग्दा प्रदेश सरकारले निर्माण गरेका ४ वटै कोरोना विशेष अस्थायी अस्पताल संक्रमितले भरिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमण तीब्र रूपमा बढेर अस्पतालले धान्न नसक्ने अवस्था आएपछि बुटवल उपमहानगरपालिले बुटवल–११ देवीनगरस्थित एन्फा एकेडेमीमा संक्रमित तर लक्षण नभएका बिरामीलाई राख्न आइसोलेसन सेन्टर निर्माण गर्‍यो । 


Advertisment
Nabil box
Kumari

अस्थायी प्रहरी चौकी देवीनगरमा रहेर लकडाउन र निषेधाज्ञा कडाइ गर्दै बजारको शान्ति सुरक्षा व्यवस्थाको काममा खटिएका प्रहरी हवल्दार खिमविक्रम थापालाई वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोविन्द रेग्मीले एन्फा आइसोलेसन सेन्टरको सुरक्षा व्यवस्थाको कमाण्ड गर्न खटाए । प्रमुखबाट निर्देशन भएपछि प्रहरी प्रशासनमा किन, हुँदैन, सक्दिनँ, डर लाग्छ भन्नेजस्ता कुरा गरिँदैनन् ।

Vianet communication
Laxmi Bank

नेतृत्वबाट आदेश भएपछि मनमा महामारीको त्रास लिएर थापा आफूले काम गर्ने प्रहरी चौकीबाट झण्डै ३ किलोमिटर तल रहेको एन्फा एकेडेमी आइसोलेसन सेन्टरको कमाण्ड सम्हाल्न जेठ ११ गते साँझ एक्लै त्यहाँ पुगे । त्यहाँ पुगेपछि उनलाई आइसोलेसन सेन्टरमा राखिएका १५ जना संक्रमितको सुरक्षाको कमाण्ड गर्ने जिम्मा दिइयो ।

उनी १५ जना संक्रमितलाई ‘रिसिभ’ गरेर एक्लै बसे । आइसोलेसनमा राखेका संक्रमितको जिम्मा थापाको काँधमा आएपछि ‘जे पर्छ टर्दै जान्छ, अब कोरोनासँग डराउने होइन, आएको जिम्मेवारी पूरा गर्नुपर्छ’ भन्ने मनोबल र दृढ अठोटसाथ उनले काम शुरू गरे । जेठ ११ गतेदेखि हालसम्म ७ महिना एक्लै कुनै दिन बिदा नबसी थापाले हालसम्म आइसोलेसनमा चौकीदारी गर्दै संक्रमितलाई परामर्श दिएर आत्मबल बढाउँदै कोरोना जिताउने प्रमुख भूमिका खेलेका छन् । 

थापा भन्छन्, ‘शुरूमा कोरोना संक्रमितको सुरक्षा व्यवस्थापनको जिम्मा लिएर जानुपर्‍यो भन्दा डर लाग्यो तर संक्रमितसँग नजिक रहेर काम गर्दा कोरोनाको डर पर–पर धकेलिँदै गयो ।’
 
शुरूआती अवस्था सम्झिँदै हवल्दार थापा भन्छन्, ‘शुरूका ४ दिन म एक्लै बसे । त्यसपछि नगरपालिकाले आलोपालो हुने गरी दिउँसो र रातिका लागि १/१ जना स्वास्थ्यकर्मी पनि खटायो । सुरक्षा व्यवस्थापन, संक्रमितलाई आवश्यक स्वास्थ्य सामग्रीदेखि खानेकुराको व्यवस्थापनको काम गरे । जेठ दोस्रो हप्तादेखि  दिनरात नभनी विगत ७ महिनायता लगातार संक्रमितको सुरक्षामा खटेको छु ।’ थापाले आइसोलेसनमा आएका संक्रमितलाई योगादेखि नृत्य समेत सिकाउँछन् ।

‘संक्रमितको उच्च मनोबल बनाउँदै कोरोना जिताउने हौसला दिइयो । जे गरियो आफ्नै क्षमता र प्रयासबाट गरें । न त फ्रन्टलाइनमा रहेर काम गर्दा आफ्नै नेतृत्वमा केही पाए, न त स्थानीय तहले हेरे नै । तर पनि कुनै झर्को र दुःख नमानी नियमित काम गरेको छु,’ उनले भने । जीवनमा केही सिक्नु अनि सिकाउनु नै वास्तविक जीवन रहेको थापाको ७ महिनाको अनुभवनले सिकाएको छ ।
 
अहिले पनि कोरोनाको लडाइँमा अग्रभागमा खटिएका खिमबहादुरलाई संक्रमणबाट आफू सुरक्षित रहँदै आइसोलेसनमा संक्रमण भएकालाई कोरोना जिताउनु छ । थापा नदेखिएर पनि मुलुकमा कोरोना महामारीलाई कम गर्न संक्रमितको मनोबल बढाउँदै, योग सिकाएर कोरोनामुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर उनको भूमिका त्यहाँबाट कोरोनामुक्त भएर जानेले मात्र देखेको छन् ।
 
‘कोरोनासँग एकदमै डराउने बेलादेखि अहिलेसम्म एक्लै आइसोलेसनमा बसेर काम गरेको छुँ,’ उनी भन्छिन्, ‘संक्रमितको अवस्था बुझ्नेदेखि, के आवश्यकता छ, केही अपुग छ कि भनेर सोध्ने पनि गर्छु । प्रहरी सेवामा यस्तो पनि अवस्था आयो संकटमा एक्लै जुधें । आइसोलेसनमा आएका अस्पताल लैजानुपर्ने अवस्था आए एम्बुलेन्स खोजेर अस्पताल पुर्‍याउनुपर्छ । दैनिक संक्रमित थपिए ? कति जना निको भएर गए ? निको भएकाहरूको स्वास्थ्य अवस्था कस्तो छ ? सबैको दैनिक सूची बनाउनुपर्छ ।’

संक्रमितसँग नजिकै रहेर काम गर्ने क्रममा थापाले आइसोलेसनमा आउने सबैको मन पनि जितेका छन् । ‘आइसोलेनमा नेता, पत्रकार, कर्मचारी, उद्योगी, व्यापारी, प्रहरी, विद्यार्थी सबै आए कोरोना जितेर गए,’ उनी भन्छन्, ‘निको भएर घर गएपछि पनि मलाई उहाँहरूले फोन गरेर सम्झिनुहुन्छ । ‘दाइ के छ हालखबर ? कति छन् आइसोलेसनमा संक्रमित अनि तपाईले सिकाउने योगका आसनहरू भुलियो कसरी गर्ने’ भनेर पनि सोध्छन् ।’

थापाले बिहान ५ बजे उठेर माइकबाट संक्रमितलाई योग गर्न उठाउँछन् । योग गुरुसँगै आफू पनि योग गर्छन् । झण्डै १ घण्टाको योगपछि उनले नुवाइधुवाई गरेका संक्रमितलाई चिया नास्ता खान ७ बजे माइकबाटै बोलाउँछन् । अनि ज्वरो नापेर तापक्रमण भन्न पनि संक्रमितलाई माइकबाट अनुरोध गर्छन् । त्यसपछि खाना खाने बेला हुन्छ । दिउँसो चिया–नास्ता पछि फेरि दिउँसो ज्वरो नापरे तापक्रम बताउन भन्छन् । साँझ खाना खान पनि माइकबाट बोलाउँछन् ।

उनी अहिले आइसोलेसनमा योगीराजसँग योगा सिक्दा आफू पनि दक्ष भएका छन् । अहिले योगी आइसोलेसनमा नआउँदा उनले नै योगा सिकाउने गर्छन् । उनले भने, ‘अहिले सबै योगका आसन सिकाउन सक्ने भएको छु । सबै आसन जानेको छु ।’

आइसोलेसनको लामो चौकीदारीले थापालाई उच्च मनोबल र हौसला बढाउने, समूहमा बसेर शारीरिक व्यायाम गरे कोरोना जित्न सकिने मनोबल बढाएको छ । आइसोलेसनमा हालसम्म ३०० बढी व्यक्ति भर्ना भए । त्यसमध्ये मंगलवारसम्म ३०० जनाले कोरोना जितेर घर फर्किसके । ३ जनालाई समस्या भएपछि कोरोना विशेष अस्पताल रिफर गरियो । अझै ६ जना आइसोलेसन सेन्टरमै छन् ।

संक्रमित सँगसँगै काम गर्ने प्रहरी र अन्य स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सुविधा एउटै छैन । उनीसँगै काम गर्ने कर्मचारीले जोखिमभत्ता पाउँदा थापाले केही जोखिमभत्ता पाएका छैनन् । उनी भन्छन्, ‘सँगै काम गर्नेले जोखिमभत्ता पाएका छन् । संक्रमितसँगै ७ महिनादेखि काम गरेको मलाई तलबबाहेक १ रुपैयाँ पनि केही आउँदैन । हामीलाई पनि जोखिमभत्ता दिनुपर्ने थियो ।’ 

संक्रमितको सेवामा खटिएका थापालाई हालसम्म कोरोना देखिएको छैन । उनले हालसम्म २ पटक पीसीआर गरेका छन् । उनी भन्छन्, ‘तल्लो तहमा रहेर पनि बिरामीको कमाण्ड गर्न पाउँदा खुशी छु । देश छिट्टै कोरोनामुक्त होस् भन्ने मेरो चाहना छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x