×

NMB BANK
NIC ASIA

मैथिली भाषाका ‘सुपरस्टार’ गायक आभाष लाभ : गाउँघरदेखि आन्दोलनसम्म ‘हिट’

मंसिर ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

डा. आभास लाभ मैथिली भाषामा गाइने गीत–संगीत क्षेत्रका लोकप्रिय गायक हुन् । उनी नै पहिलो गायक हुन्, जसले नेपालमा पहिलो मैथिली एल्बम निकालेका थिए ।

Muktinath Bank

पहिलो मैथिली भिडियो फिल्ममा समेत गीत गाएका लाभ मैथिली भाषाका लोकप्रिय गायक हुन् । उनले नेपाल तथा भारतका विभिन्न गाउँ तथा शहरमा आयोजना भएका ‘स्टेज शो’मा गएर गीत गाउनुका साथै दर्जनौं मैथिली सिनेमामा गीत गाउँदै दर्जनौं एल्बममा गीत समेत गाएर लोकप्रियता कमाउन सफल भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरधामका वरिष्ठ साहित्यकार समेत रहेका प्राध्यापक डा. राजेन्द्र बिमलका छोरा भएका कारण उनको मैथिली भाषाप्रति बाल्यकालदेखि नै लगाव बढेको थियो । गाउने कला पनि बाल्यकालदेखि नै थियो । पहिलो पटक उनले ६ वर्षको उमेरमा नै स्टेजमा गीत गाउने मौका पाएका थिए ।


Advertisment
Nabil box
Kumari

जनकपुरमा चित्रगुप्त सेवा समितिले प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गर्थ्यो । त्यतिबेला हिन्दी भाषाको नाटक मञ्चन हुने गर्थ्यो । नाटकको बीचबीचमा नेपाली तथा हिन्दी भाषामा गीत गाउने गरिन्थ्यो । ‘सांस्कृतिक कार्यक्रममा स्थानीय युवाले चम्बलको डाकू नामक हिन्दी नाटक मञ्चन गरेका थिए,’ लाभले भने, ‘त्यही नाटकमा मेरो आमा विणा बिमलले मलाई सोर्स लगाएर स्टेजमा गीत गाउन पठाउनुभएको थियो ।’

Vianet communication
Laxmi Bank

‘मेरे दिलमे आज क्या है’ नामक हिन्दी गीत स्टेजमा गाउँदा पुरस्कार स्वरूप चकलेट तथा बिस्कुटको प्याकेट पाएको उनले बताए ।

त्यसपछि गीत गायनप्रति उनको लगाव झन्झन् बढ्दै गयो । त्यतिबेला जनकपुरमा कला परिषद् नामक एउटा संस्था थियो । संस्थामा खास गरेर बढीजसो नेपाली भाषाको गीत गाउने गायकहरू धेरै थिए । संस्थामा आउन जान थालेपछि उनले गीत संगीतको माहौल पाएका थिए । १० वर्षको उमेरमा कला परिषद्ले जनकपुरको भानुचोकमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनले नेपाली गीत गाउने मौका पाएका थिए । उदित नारायणले गाएको गीत ‘बल्ल–बल्ल भेट भा’को दिन’ गाउँदा दर्शकहरू झुम्मिएका थिए । त्यतिबेलासम्म मैथिली गीत गाउने चलन थिएन । ‘मेरो काका डा. सुरेन्द्र लाभ तथा आमा विणा बिमलले भने मैथिली भाषामा नै गीत गाउनुपर्छ भन्दै गायनलाई प्रोत्साहित गर्नुहुन्थ्यो,’ लाभले भने, ‘त्यसपछि हिन्दी गीतहरू तथा नेपाली गीतहरूलाई समेत सोही तर्जमा मैथिलीमा गाउन शुरू गरेको थिएँ ।’
 
मुर्लिधरको ‘उडायो सपना सबै हुरीले’ गीतको तर्जमा काका सुरेन्द्र लाभले मैथिलीमा लेखेको गीत ‘नैनक कोर भिजल आई किए’ जनकपुरको रेलवे स्टेसनमा आयोजित सांस्कृतिक कार्यक्रमको मञ्चमा गाएका थिए । पछि उनी मिथिला नाट्य कला परिषद् (मिनाप) मा जान थाले र मिनापले आयोजन गर्ने नाटकमा मैथिली भाषामा गीत गाउन थाले । मिनापले जनकपुरको जानकी मन्दिरमा आयोजना गरेको कार्यक्रममा ‘ममता गाबए गीत’को ‘अर्र बकरी घास खो’ नामक गीत गाएको उनी बताउँछन् ।

त्यतिबेलासम्म जनकपुरमा उनको गायनको चर्चा धेरै हुन थालेको थियो । अहिले नाटककार तथा साहित्यकार समेत रहेका रमेश रञ्जनले नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा उनलाई सहभागी गराएका थिए । प्रतियोगितामा उनले मैथिली भाषामा नै गीत गाएर द्वितीय पुरस्कार प्राप्त गरेका थिए ।

राजेन्द्रलाल कर्ण त्यतिबेला नेपाल टेलिभिजनमा मैथिली भाषाको गीत संगीतको ‘फूलबारी’ कार्यक्रम सञ्चालन गर्थे । उनले रेडियो नेपालमा चन्द्रमणिले लेखेको गीत ‘भैया जईह जाखन मिथिलाधाम, ललित धाम देखिह’ गीत रेकर्ड गराएर नेपाल टेलिभिजनमा प्रशारण गरेका थिए । लाभको त्यो पहिलो गीत थियो जो कि टेलिभिजनबाट प्रशारण गरिएको थियो । त्यतिबेला उनी ९ कक्षामा पढ्ने विद्यार्थी थिए ।
 
‘९ कक्षाको विद्यार्थी भएको बेला नै साइकलमा हारमुनियाम, ढोलक लगायतको बाजा बोकेर विभिन्न गाउँमा आयोजन हुने सांस्कृतिक कार्यक्रममा गीत गाउन पुग्थें,’ उनले भने, ‘त्यो बेला पनि करीब १ हजार वटा मञ्चमा पुगेर मैथिली गीतहरू गाइसकेको थिएँ ।’ २०५० सालतिर जनकपुरधाम नगरपालिकामा वृषेशचन्द्र लाल मेयरमा जितेर आएपछि तिरहुत रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्थे । प्रतियोगितामा रामानन्द युवा क्लबको तर्फबाट सहभागी भएर गीत गाएर उनले लगातार ३ वर्षसम्म प्रथम पुरस्कार जितेर शिल्ड हात पारेका थिए । 

त्यतिबेला भारतका गायकले मैथिली गीतको क्यासेट निकाल्न शुरू गरेका थिए । हेमकान्त झाको मैथिली क्यासेट ‘सनेस’ निस्कियो । ‘दुमकामें झुमका हरेनांै’, ‘मामा यौ कनि खैनी दिय’, ‘चोरी भेल चोरी’ लगायतको मैथिली भाषाको गीतको पहिलो एल्बम सहितको क्यासेट बजारमा आएको थियो । सबै गीतहरू धेरै नै लोकप्रिय भएको थियो । ती गीतहरू सुनेपछि आफूले पनि क्यासेट निकाल्नुपर्छ भन्ने सोचका साथ लाभले पनि नेपालको पहिलो मैथिली एल्बम ‘पानस’मा गीत गाउने मौका पाएका थिए । रौतहटका अशोक चौधरीले लगानी गरेको एल्बमका कूल ८ वटा मैथिली गीतहरूमध्ये एउटा गीत गाउने मौका उनले पाएका थिए । 

त्यसपछि मतिशचन्द्र लालले बनाएको पहिलो मैथिली भिडियो फिल्म ‘दहेज’मा समेत उनले ४ वटा गीतहरू गाएका थिए । दिगम्बर झा दिनमणिले लेखेको ‘मनमे छल जे आशा’ नामक गीत धेरै लोकप्रिय भएको लाभ बताउँछन् । फेरि अशोक चौधरीले नेपाल टेलिभिजनबाट प्रशारण भएको सिरियल ‘विद्यापति’मा कूल ५ वटा गीतहरूमध्ये ३ वटा गीत लाभले र २ वटा गीत गुरुदेव कामातले गाएका थिए । विद्यापति सिरियलमा विद्यापतिको स्वर पनि लाभले नै दिएको बताउँछन् । 

जनकपुरका मोहम्मद अलिले नेपाली भाषाको गीतको ‘मुटुभरि माया’ नामक एल्बम निकालेका थिए । कूल ८ वटा गीतहरूको एल्बमका सबै गीतहरू लाभ र रश्मि दत्तको युगल स्वरमा गाइएको थियो । तर क्यासेट ‘हिट’ हुन सकेन । एल्बम ‘फ्लप’ भएपछि अलिले लगानी गरेको त्यो बेलाको ४ लाख रुपैयाँ डुबेको थियो । 

‘त्यो डुबेको पैसा कसरी असुलउपर गर्न सकिन्छ भनेर हामीले मैथिली भाषामा ‘रे छौरा तोरा बज्जर खस्तौ’ नामक गीत पटनामा रेकर्डिङ गराएका थियौं,’ लाभले भने, ‘कूल ८ वटा गीतको त्यो एल्बम यति ‘हिट’ भयो र क्यासेट यति बिक्री भयो कि पहिले डुबेको पैसा ब्याजसहित असुल भएको थियो ।’ एल्बमका सबै गीतहरू अशोक दत्तले लेखेका थिए भने सुनिल प्रवेशले संगीत दिएका थिए । एल्बमका लागि गाउँदा आफूले कुनै पनि पारिश्रमिक नलिएको उनले बताए । टाइटल गीत ‘रे छौरा तोरा बज्जर खस्तौ’, ‘मृग नैनी’ लगायातको गीत उनले गाएका थिए । लाखौं संख्यामा बिक्री भएको क्यासेटका कारण लाभको लोकप्रियता नेपाल तथा भारतमा झन्झन् बढेको थियो । रातारात उनी ‘स्टार’मा परिणत भएका थिए । आमा विणा विमल, काका सुरेन्द्र लाभ र पत्नी उपमा ठाकुरले प्रोत्साहित गरिरहेकै कारण यस क्षेत्रमा टिक्न सफल भएको उनी बताउँछन् । 

एल्बमका कारण नै भारतको गंगा क्यासेटका मालिक, टी सिरिज कम्पनीको मैथिली शाखा हेर्ने प्रतिनिधि उनको जनकपुरस्थित घरमा नै आएर गीत रेकर्डिङका लागि अनुरोध गर्न थालेको उनी बताउँछन् । गंगा क्यासेटले लगानी गरेका ‘गीत घरघरके’ एल्बम झन् ‘सुपर हिट’ भयो । ‘मुह मिस्री बोल करैला’, ‘मन करे कोंका’, ‘अनारवती डोमरी’ लगायतका गीतहरू सुपरहिट भएका उनी बताउँछन् । 

राजेन्द्र ललनको ‘मोहल्लाबाली’ एलबममा ‘हृदय ई फुलायल तोरा देख क’ उत्कृष्ठ गजल उनले गाएका थिए । धिरेन्द्र प्रेमर्षिले बनाएको एल्बममा ‘मानल जे झंझा झकोर’ गाएका थिए । उक्त गीत आफ्नो जीवनको लागि ‘माइलस्टोन’ नै साबित भएको उनी बताउँछन् । 

भोजपुरी भाषाको सिनेमा ‘आशिर्वाद’, ‘खिलाडी बलमा’, ‘भोजपुरिया पुलिस’, ‘राजू रंगीला’ लगायतका सिनेमामा समेत उनले गीत गाएका छन् । ‘गोर्खाली’, ‘शहर’, ‘एके–४७’ जस्ता नेपाली सिनेमामा समेत उनले गीत गाएका छन् । 

सन् २००५ मा कतारमा आयोजना गरिएको स्टेज शोका लागि भारतको बलिउड गायक उदितनारायणले लाभलाई पनि लगेका थिए । ‘नेपालमा पहिलो पटक मैथिली भाषामा गीत गाउनका लागि मैले त्यो अन्तर्राष्ट्रिय मञ्च पाएको थिएँ,’ लाभले भने, ‘मैले मैथिली गीत गाउँदा उदितनारायणजीले मलाई १ लाख रुपैयाँ दिनुभएको थियो ।’ १५ वर्षअघि सबैभन्दा बढी पारिश्रमिक पाउने गायक आफू नै रहेको उनी बताउँछन् । 

पेशाले दन्त चिकित्सक समेत रहेका उनले गीत गायन सँगसँगै जनकपुरमा क्लीनिक समेत सञ्चालन गर्ने गरेका थिए । तर १४ वर्षअघि उनी काठमाडौं सरे । २०७२ सालमा मधेश केन्द्रित दलले सिंहदरबार घेराउ सहितको कार्यक्रम गर्दा उनले गाएको गीत धेरै चर्चाको विषय बनेको थियो । ‘धोती कुर्ता लाएको छु भन्दैमा धोती र भैया भन्न कहाँ पाइन्छ’ भन्ने उनले गाएको गीत सामाजिक सञ्जालमा धेरै चर्चाको विषय बनेको थियो । गीत गाउँदा त्यहाँ उपस्थित रहेका प्रहरी समेतको आँखाबाट आँसु झरेको उनले बताए । 

उनले २०४६ सालमा जनसांस्कृतिक मञ्चको द्वितीय पुरस्कार, २०५१ सालदेखि २०५३ सालसम्म तिरहुत रनिङ शिल्डको प्रथम पुरस्कार, २०७७ सालमा वैद्यनाथ सियादेवी पुरस्कार, २०७७ सालमा मिथिला रत्न सम्मान पाएका छन् ।  

गुरुकूल जस्तै प्रदेश सरकारले मैथिली भाषाको गीतसंगीतको अध्ययन अध्यापनका लागि एकेडेमी सञ्चालन गरे मात्र मैथिली भाषाको गीतसंगीत उचाइमा पुग्न सक्ने उनी बताउँछन् । मैथिली भाषाका नवगायक तथा नवप्रतिभालाई नयाँ दिशा देखाएर नयाँ उचाइ दिलाउनका लागि आफू लाग्ने सोच रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x