फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
शनिवार चितवनमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेमाथि कार्यकर्ताबाटै अभद्र दुर्व्यवहार भएपछि नेकपाका नेताहरूले विरोध गरिरहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको स्मरण गराएका छन् ।
उनले लेखेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्श होइन । बिमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो !’
चितवनको राप्ती नगरपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै गरेका नेता पाण्डेविरुद्ध केही व्यक्तिको समूहले नाराजुलुस गरेको थियो । घटनालाई नेकपाभित्रको गुटगत विवादका रूपमा लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताहरूले नेता पाण्डेको विरोधमा नाराजुलुस गरेको उनका सहयोगी सञ्जिव पाण्डेले लोकान्तरसँग बताएका छन् ।
हुलहुज्जत बहुदलीय जनबादको कोर्श होईन
— Yogesh Bhattarai (@yogesbhattarai) November 21, 2020
बिमर्श, छलफल र फरकमतको सम्मान जबजको बिशेषता हो !
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले समेत स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको निन्दा गरेका छन् । शनिवार दिउँसो एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता नेपालले घटनाको निन्दा गरेका हुन् ।
उनले लेखेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यबहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।’
सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भन्दै उनले उक्त कार्य गर्ने/गराउने जोसुकै भएपनि छानविन गरी कडाभन्दा कडा कारबाही गर्न गम्भीर ध्यानाकर्षण गराएका छन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...