×

X
Nic Asia
Dabur
Khukuri

प्रतिष्ठानमा ३९ दिनदेखि तालाबन्दी

सुर्खेत | मंसिर ६, २०७७

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन् ।

LAxmi BAnk
nabil BANK inside

प्रतिष्ठानका उपकूलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले १ महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी भएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उपकूलपति प्रा.डा. वाग्लेले प्रतिष्ठानको डिनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डिनका रूपमा केशर रानालाई गरेको र फेरि पनि तेस्रो डिनका रूपमा असोज २६ मुनिराज क्षेत्रीलाई नियुक्ति दिएका थिए । डिन नियुक्तिमा एकाधिकार लादेर अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार पारेको भन्दै त्यसको विरोधमा प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तालाबन्दी जारी राखेको छ ।

तालाबन्दी खुल्ने वा नखुल्ने अहिलेसम्म कुनै अत्तोपत्तो छैन तर प्रतिष्ठानका कर्मचारीले भने तिहारमा समेत तलब खान पाएका छैनन् । कल्याणकारी समाजले उपकूलपतिले नियुक्त गरेका तेस्रो डिन फिर्ता लिनुपर्ने माग गरेको छ । डिनसहित राखिएका मागबारे छलफल गर्न उपकूलपति प्रा.डा. वाग्लेले खटाएको प्रतिष्ठान प्रतिनिधिमण्डलले कल्याणकारी समाजसँग पटक–पटक वार्ता गरे पनि त्यसको उचित निकास निस्कन सकेको छैन ।


Advertisment
Saurya island

प्रतिष्ठान केन्द्रीय कार्यालयमा २ हप्ताअघि पुगेका उपकूलपति प्रा.डा. वाग्ले समाजसँग आफैं बसेर निकास निकाल्ने, तालाबन्दी खोल्ने र शैक्षिक तथा प्रशासनिक अस्तव्यस्ततालाई सुल्झाउन रत्ति पनि चासो नदेखाएको आरोप कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले लगाए ।

नेपाल पत्रकार महासंघ जुम्लाले उपकूलपति प्रा.डा. वाग्ले स्वयं केन्द्रीय कार्यालयमा पुगेको २ हप्ता बढी भइसक्दा पनि प्रतिष्ठानमा ३९ दिनसम्म भएको तालाबन्दी खोल्न चासो नदेखाएको र यहाँ कार्यरत ३५० कर्मचारीलाई तिहारजस्तो समयमा तलब खानबाट वञ्चित गराएको भन्दै ध्यानाकर्षण गरेको छ ।

Vianet communication
IME BANK INNEWS

प्रतिष्ठानको नेतृत्वले फोन समेत नउठाएर सूचना लिने अधिकारबाट वञ्चित गरेको भन्दै ३–३ डिन नियुक्तिले प्रतिष्ठानलाई भर्तिकेन्द्र बनाउने र आर्थिक व्ययभार पार्ने कुराले ध्यानाकर्षण भएको महासंघका अध्यक्ष बरमबहादुर महतले बताए । यसबारे उपकूलपति प्रा.डा. वाग्लेलाई बारम्बार फोन गरे पनि उठ्न सकेन ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय ...

मंसिर १९, २०७९

प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही मात्रै होइन अब मुद्दा चलाउन थालेक...

मंसिर १९, २०७९

नेकपा (एकीकृत समाजवादी)ले प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस सङ्गठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख ज...

मंसिर १९, २०७९

मोरङको बेलबारी २ का टंकबहादुर कोइराला २०७८ कात्तिक ३ गते अमेरिकाबाट नेपाल आए । उनका छोरा-बुहारी अमेरिकामै छन् । पाँच महिना अमेरिका बसेपछि उनी घर फर्के । अमेरिका जानुभन्दा अगाडि उनले सुन्दरहरैचा १० ...

मंसिर १९, २०७९

ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिर...

मंसिर १९, २०७९

नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुला...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x