×

NMB BANK
NIC ASIA

नेकपा विवाद

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार : प्रचण्ड–नेपाल समूहद्वारा विरोध, ओली समूह मौन

मंसिर ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनस्थित आफ्नै निर्वाचन क्षेत्रमा अभद्र व्यवहार भएको छ । शनिबार नेकपा राप्ती नगरको बैठकमा सहभागी हुँदै गर्दा युवाहरुको एक समूहले उनीविरुद्ध नाराबाजी र अभद्र व्यवहार गरेका हुन् । पार्टीको सो बैठकलाई सम्बोधन गर्दैगर्दा कार्यक्रम हलमै रहेको कार्यकर्ताले चर्को नाराबाजीसहित उनीमाथि अभद्र व्यवहार भएको बताइएको छ । सो प्रकरणबारे सार्वजनिक भिडियोमा युवाहरुको एक समूहले ‘पार्टी एकता जिन्दावाद, गुटबन्दी गर्न पाइँदैन’ लगायतका नाराबाजी गर्दै होहल्ला गरेको सुन्न सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

सो होहल्ला अघि पाण्डेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै ओलीको व्यक्तिवाद नसच्चिए पार्टी समाप्त हुने चेतावनी दिएका थिए । पार्टीको निर्णय नमान्ने, एकलौटी ढंगले सरकार चलाउन खोज्ने, प्रधानमन्त्रीको कार्यशैलीले नेकपा कमजोर बनेको उनको दावी थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाण्डेको अभिव्यक्ति पार्टी एकताको माहौललाई थप बिगार्ने गरी आएकाले प्रतिवाद गर्नु परेको नाराबाजीमा उत्रिएका कार्यकर्ताहरूले दावी गरेका छन् । कार्यकर्ताको चर्को होहल्ला र अभद्र व्यवहारपछि पाण्डे कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।


Advertisment
Nabil box
Kumari

ओली समूह मौन, इतर समूहद्वारा चर्को विरोध !
नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूहबीच चर्को अन्तरविरोध रहेको छ । सो अन्तरविरोध कात्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा छुट्टै प्रस्ताव ल्याएको पार्टी कार्यकारी अध्यक्ष प्रचण्डले ओलीविरुद्ध आरोपको पोको खोलेपछि थप छताछुल्ल बनेको अवस्था छ । सो प्रस्तावपछि पार्टी विभाजनको डिलमा पुगेको भनिएको बेला विवाद मिलाउने प्रयास जारी छ।  सोही क्रममा नेकपाको मंसिर ३ गतेको सचिवालय बैठकले ओलीले पनि छुट्टै प्रस्ताव ल्याउने र त्यसका लागि १० दिन समय दिइएको छ । जसअनुसार मंसिर १३ गते ओलीले छुट्टै प्रस्ताव सचिवालयमा पेश गर्ने गरी तत्कालका लागि ‘युद्धविराम’ जस्तो देखिएपनि आरोप प्रत्यारोपको श्रृङ्खला जारी रहेको हो  । जुन चितवनमा पाण्डेको अभिव्यक्ति र ओली निकट भनिएका कार्यकर्ताको प्रतिवादपछि उत्पन्न परिस्थितिले प्रस्ट्याएको छ । पाण्डे वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् ।

Vianet communication
Laxmi Bank


पाण्डेमाथि भएको दुर्व्यवहारपछि ओली समूहले अहिलेसम्म मुख खोलेको छैन । तर, नेपाल र प्रचण्ड समूहले समेत घटनाको चर्को विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले विज्ञप्ति मार्फत नै घटनाको विरोध गरेका छन् । यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनालाई सुनियोजित नै भएको बताएका छन् ।
उनले यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कसैको हित नगर्ने भन्दै ट्वीटरमार्फत घटनाको निन्दा गरेका छन् ।


यसैगरी स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पनि घटनाको विरोध गरेका छन् । यसैगरी केन्द्रीय सदस्य विजय पौडेल, रामकुमार झाँक्री, विष्णु रिजाल, ठाकुर गैरे लगायतले पनि सामाजिक सञ्जालमार्फत घटनाको विरोध गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x