×

NMB BANK
NIC ASIA

ग्यास्ट्राइटिस कम गर्न यस्ता कुरामा विशेष ध्यान दिन जरुरी

पुस २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ग्यास्ट्राइटिस नेपालीको आमसमस्या हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मानिसमा ग्यास्ट्राइटिस हुने गर्छ । यो पेटको समस्या हो ।

Muktinath Bank

यसैबाट अनेक रोग जन्मने गर्छ । त्यसैले यसको समयमै उपचार गर्न जरुरी हुन्छ । ग्यास्ट्राइटिस कम गर्न खानाको पनि विशेष भूमिका हुने भएकाले यसमा विशेष ध्यान दिन जरुरी हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एन्टिअक्सिडेन्टयुक्त खाना


Advertisment
Nabil box
Kumari

ग्यास्ट्राइटिसको समस्या भएकाले एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । जस्तो कि– भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकलयुक्त खाद्यपदार्थको सेवन गर्नुपर्छ । जसले सुन्निएको पेटको भित्री तहलाई कम गर्छ । ताजा फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामल आदिबाट पनि प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाउन सकिन्छ ।

Vianet communication
Laxmi Bank

प्रोबायोटिकयुक्त खाना
प्रोबायोटिकले हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । जुन ब्याक्टेरिया ग्यास्ट्राइटिसको प्रमुख कारणमध्ये एक हो । दही, मही, प्रोबायोटिक सप्लिमेन्ट आदिमा प्रोबायोटिकको मात्रा हुन्छ ।

लसुन
लसुनलाई परम्परागत औषधिका रूपमा पनि लिइन्छ । यसलाई पकाएर वा काँचै पनि प्रयोग गर्न सकिन्छ । लसुनमा प्राकृतिक एन्टिबायोटिक, एन्टिइन्फ्लामेटरीलगायतका तत्व हुन्छन् । जसले हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । यो ब्याक्टेरिया पनि ग्यास्ट्राइटिस गराउने अर्को मुख्य कारक हो । लसुनले पेटमा ग्यास्ट्राइटिसका कारण पर्न गएको असरलाई पनि कम गर्न सहयोगी भूमिका खेल्छ ।

फाइबरयुक्त खाना
फाइबरयुक्त खाद्यपदार्थ निकै स्वास्थ्यवद्र्धक मानिन्छ । यस्ता खानाले ग्यास्ट्राइटिसका साथै पाचन प्रक्रियासँग सम्बन्धित अन्य समस्याको पनि समाधान गर्ने विभिन्न अध्ययनले देखाएका छन् । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको अनुसन्धानअनुसार बढी फाइबर भएको खानाको सेवनले अल्सर हुने सम्भावना ६० प्रतिशत कम गर्छ । आल्मोन्ड, आँटा, ब्राउन राइस, चिया सिड, आलस, भिजाएको गेडागुडी, टुसा उमारिएका गेडागुडी, फलफूल, सागसब्जी आदिमा अत्यधिक मात्रामा फाइबर हुने गर्छ ।

स्वस्थकर प्रोटिन
घाँस खुवाइएको पशुको मासु, खुला पालिएको कुखुराको मासु, खोरबाहिरको अन्डा, गेडागुडी, स्पाइरुलिना आदिलाई स्वस्थकर प्रोटिनको स्रोतका रूपमा लिइन्छ । हर्मोन र एन्टिबायोटिक बढी प्रयोग गरिएको मासुले भने ग्यास्ट्राइटिसको असरलाई थप बढाउने काम गर्छ ।

स्वस्थकर फ्याट
तेलमा तारेका र तेलयुक्त खानेकुरा जस्तै– ससेज, फ्राई आलु, चिप्स, समोसा, जुलेबीलगायतका खाद्यपदार्थको प्रयोग गर्नु हुँदैन । त्यस्तै, मासुमा पाइने बोसो हानिकारक फ्याट हो । यस्ता फ्याटलाई सकेसम्म दैनिक डाइटबाट हटाउन सक्नुपर्छ, नत्र घटाउँदै लैजानुपर्छ । ओमेगा थ्री फ्याटी एसिडलाई भने स्वस्थकर फ्याटका रूपमा लिइन्छ । यसको नियमित प्रयोगले भने ग्यास्ट्राइटिसको असर कम गर्छ । माछामा पाइने तेल, आल्मोन्ड, काजु, एभोकाडो, आलस, चिया सिड आदिमा ओमेगा थ्री फ्याट पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x