नेकपा कलहको साइडइफेक्ट– प्रवक्ता श्रेष्ठको भूमिकालाई लिएर प्रधानमन्त्रीका सल्लाहकारको आक्रोश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरकलह बढ्दै जादा नेता कार्यकर्ताले एक आपसमा आरोप प्रत्यारोप र आक्रोश व्यक्त गर्न थालेका छन् ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध शुक्रवार चितवनमा नाराबाजी भएको विषयमा विरोध जनाएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रश्न उठाएका छन् । 


Advertisement

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै थापाले शंकर पोखरेलमाथि ढुंगा प्रहार गरिँदा मौन रहेका प्रवक्ताले पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुव्यर्वहार देख्नु गुटगत अन्तरदृष्टि भएको टिप्पणी गरेका हुन् ।

‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिँदा  निदाउनुभएको थियो क्यारे १ चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुव्र्यवहार देख्नुभएछ - गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोट पूर्ण वक्तव्यबाजी १ दुबै स्थायी कमिटी सदस्य( तब न नारायणकाजी !’ थापाले लेखेका छन् ।


Advertisement

प्रदेश राजधानी बुटवलबाट दाङ सार्ने निर्णयको विरोधमा कांग्रेस कार्यकर्ताले पोखरेलको गाडीमा ढुंगा हानेका थिए । नेकपा प्रचार विभागका उपप्रमुख समेत रहेका थापा र नारायणकाजीबीच विगतमा पनि यस्तै घोचपेच हुने गरेका थिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्