भारत : गाँजा राखेकोमा कमेडियन भारतीय सिंह र उनका पति पक्राउ

भारतको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले आइतवार कमेडियन भारती सिंहका पति हर्ष लिम्बाचियालाई गाँजा राखेको आरोपमा पक्राउ गरेको छ । भारतीलाई उक्त निकायले शनिवार पक्राउ गरेको थियो । 
 

एनसीबीले मुम्बईस्थित भारतीको कार्यालय र घरमा छापा मारेर दुवै ठाउँबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा खाने गरेको सिंह र लिम्बाचिया दुवैले स्वीकार गरेका छन् । 


Advertisement

प्रवर्तन निदेशनालयबाट आधिकारिक सूचना पाएपछि एनसीबीले अनुसन्धान गर्ने क्रममा हिन्दी फिल्म उद्योगका हस्तीहरूले लागूऔषध राख्ने र खाने गरेको पाएको हो । सुशान्त सिंह राजपूतको मृत्युपछि फिल्म उद्योगमा नशाका सम्बन्ध अनेकौं खुलासा भएका छन् । 
 

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई सेप्टेम्बर ९ मा पक्राउ गरिएको थियो । उनले सुशान्तलाई लागूऔषध दिने गरेको आरोप थियो ।


Advertisement

लगभग एक महिना कारागारमा बसेपछि उनलाई धरौटीमा रिहा गरिएको थियो । 

यसअघि अभिनेता अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियाडवालाको घरमा पनि एनसीबीले छापा मारिसकेको छ । अर्जुन र उनकी प्रेमिकालाई एनसीबीले सोधपुछका लागि बोलाएको थियो भने नाडियाडवालाकी पत्नी शबाना सईदलाई धरौटीमा रिहा हुनुअघि पक्राउ गरेको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्