×

NMB BANK
NIC ASIA

‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान : ५ सय ७४ बालबालिकाको उद्धार

मंसिर ७, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सरकारको ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियानअन्तर्गत चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ५७४ बालबालिकाको उद्धार गरिएको छ ।

Muktinath Bank

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई सडकमा नआउने वातावरण सिर्जना गर्न पारिवारिक सहयोग कार्यक्रमलाई प्रवद्र्धन गर्दै स्थानीय तहमा नै बाल अधिकारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सडक बालबालिकाको व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई तीव्रता दिएको हो । कूल सङ्ख्यामध्ये बालक ४६५ र बालिका १०९ जनाको उद्धार गरी व्यवस्थापन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    राष्ट्रिय बालदिवस, २०७७ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति लिइएको सन्देश दिएका थिए ।  राष्ट्रिय बालअधिकार परिषद्को संयोजन र प्राविधिक सहयोगमा बालबालिका खोजतलास समन्वय केन्द्र (निःशुल्क टेलिफोन नं १०४) एवं प्रदेश सरकार, स्थानीय तह, सङ्घसंस्थाको सहकार्यमा काठमाडौँ उपत्यकालगायत विभिन्न प्रदेशबाट ती बालबालिकाको उद्धार गरिएको हो ।


Advertisment
Nabil box
Kumari

परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७७’ मा उद्धार गरिएकामध्ये भारतबाट आएका बालबालिका ३० जना रहेका छन् । उद्धार गरिएका कूल बालबालिकामध्ये हाल सम्पर्क गृहमा रहेका २५५, सामाजिकीकरण केन्द्रमा रहेका ९९, विभिन्न बालगृहमा संरक्षणमा रहेका ५०, पारिवारिक पुनःकीकरण भएका ८१०, विभिन्न तालिममा पठाइएका १८४ र तालिम पूरा गरी काममा सम्लग्न रहेका ५९ जना रहेका छन् ।

Vianet communication
Laxmi Bank

    आर्थिक वर्ष २०७५÷०७६ मा हराएका बालबालिकाको सङ्ख्या ३,४२२ जना (बालक १,०५१ र बालिका २,३७१) रहेकामध्ये २,५४० जना (बालक, ८२५ र बालिका, १,७१५) फेला परेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा हराएर जानकारीमा आएकाको सङ्ख्या २,७२९ जना छ । तीमध्ये दुई हजार २१९ जना बालबालिका फेला परेका छन् । यसमध्ये १४३५ बालबालिको उद्धार व्यवस्थापन भइसकेको छ ।

    बालअधिकार महासन्धि, १९८९ अनुसार कुनै पनि बालबालिकालाई आमाबाबुबाट अलग राख्न नहुने अथवा बालबालिकाको सर्वोत्तम हितको विपरितबाहेक बाबुआमासँगै बस्ने अधिकार हुन्छ । बालबालिका विरुद्ध हुनसक्ने कुनै पनि प्रकारको शारीरिक वा मानसिक दुव्र्यवहार, हेला वा उपेक्षा वा यौनदुराचारलगायतका शोषणबाट बालबालिकालाई जोगाउन तथा पीडितको उपचारका लागि राज्यले उपयुक्त वैधानिक, प्रशासनिक, सामाजिक वा शैक्षिक उपाय अपनाउनुपर्ने प्रतिवेदनमा जनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x