स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रति तोला रु ३०० ले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रति तोला रु ९४ हजारमा कारोवार भएकामा आज रु ९४ हजार ३०० पुगेको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रति तोला रु ९३ हजार ५०० मा कारोवार भएकामा आज रु ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रति तोला रु एक हजार २१० मा कारोवार भएको छ ।
लोकान्तर संवाददाता