×

NMB BANK
NIC ASIA

सेनाबाट एपीएफमा सरेका डीआईजीहरूद्वारा गृह मन्त्रालयलाई निवेदन– ‘२०५८ देखि अन्यायमा पर्‍यौं’

मंसिर ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सशस्त्र प्रहरी बलका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी र एक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)ले आफूहरू अन्यायमा परेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । 

Muktinath Bank

सशस्त्र प्रहरी बल स्थापना हुँदा अर्थात् २०५८ सालमा नेपाली सेनाबाट सेवा परिर्वतन गरेका डीआईजी नागेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले गृह मन्त्रालयमा शुक्रवार (२०७७ मंसिर ५ गते) निवेदन दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले सशस्त्र प्रहरी बल पनि अर्ध सैन्य बल भएकाले नेपाली सेनामा जस्तै तालिम सकिएपछिको अवधिबाट गणना गर्नुपर्ने भन्दै निवेदन दिएका छन् ।


Advertisment
Nabil box
Kumari

नेपाली सेना अधिकृत तहको १८ महिनाको तालिम हुन्छ र तालमिपछि मात्र सेवामा प्रवेश गरेको मानिन्छ तर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा तालिम अवधिदेखि नै सेवामा प्रवेश गरेको मान्ने चलन छ ।

Vianet communication
Laxmi Bank

नेपाली सेनामा तालिम गर्दाको समयमा कुनै सेवा सुविधा नलिएको र तालिमपछि मात्र लिएकाले भर्नाको अवधि भन्दा पनि तालिम सकिएपछिको अवधिलाई गणना गर्नुपर्ने एक शसस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले बताए ।

‘हामीलाई रासन, सञ्चयकोष लगायतका सेवा सुविधा तालिमपछि मात्र शुरू भएको थियो । त्यसैकारण तालिम अवधिपछिको समयबाट गणना गर्न अनुरोध सहितको निवेदन दिएका हौं,’ ति डीआईजी  लोकान्तरसँग भने, ‘हामी नेपाली सेनाबाट सेवा परिर्वतन गरेका र शसस्त्र प्रहरी बल पनि अर्ध सैन्य भएकाले हामीले निवेदन दिएका हौं ।’

उनीहरूको निवेदन सुनुवाइ नभएको खण्डमा ३० वर्षे सेवा हदका कारण यही मंसिर २८ गते अनिवार्य अवकाश पाउँदैछन् । यदि सुनुवाइ भयो भने १८ महिना अवधि थप हुनेछ ।

२०५८ मंसिर २७ गते सेवामा प्रवेश गरेका नेपाली सेनाबाट एपीएफमा आएका उनीहरू अन्तिम सिनियर अधिकृत हुन् । 

उच्च तहमा सेनाबाट आएका एक जना चन्द्र प्रकाश गौतम (सीपी गौतम) अझै ५ वर्ष सशस्त्र सेवा रहनेछन् ।  

२०५८ सालदेखि नै अन्याय

सेनाबाट शसस्त्र प्रहरी बल (एपीएफ) मा स्तान्तरण हुँदादेखि नै आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ ।

विक्रम् संवत् २०५८ साल मंसिरमा एपीएफमा स्थानान्तरण भएका उनीहरूलाई ३ तह घटुवा गरेर ल्याइएको थियो ।

एसपीएफमा आउँदा एक तह बढुवा भएर आउने भनिएको थियो तर उनीहरूलाई प्रोटोकलका हिसाबले ३ तह घटुवा गरेर ल्याइएको थियो । 

नेपाली सेनाका क्याप्टेन रहेका उनीहरू एपीएफमा आउँदा सशस्त्र प्रहरी बलको सिनियर प्रहरी नायब उपरीक्षक (डीएसपी) भएर आउनु पर्ने थियो तर त्यो बेलामा रक्षा मन्त्रालय, तत्कालीन सरकार र राजदरबारको खेलमा उनीहरूलाई सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को रूपमा ल्याइएको सशस्त्रका एक डीआईजीले लोकान्तरलाई बताए ।

‘त्यो बेलादेखि नै हामीलाई अन्याय भएको छ । उति बेलामा सशस्त्रमा ल्याउँदा एक तह बढुवा हुँदा डीएसपी हुनुपर्ने तर इन्स्पेक्टरमा ल्याइयो,’ ती उच्च अधिकृतले भने, ‘सेनाको क्याप्टेन इन्स्पेक्टरभन्दा माथि हुन्छ र डीएसपीभन्दा केही तल हुन्छ ।’

ती उच्च अधिकृतका अनुसार सेनाको क्याप्टेन प्रोटोकलअनुसार ७४ औं नम्बरमा हुन्छ भने इन्स्पेक्टर ७७ औं नम्बरमा हुन्छ । 

उनीहरूलाई त्यो बेलामा बढुवा गरेर ल्याउने ठाउँमा घटुवा गरेर ल्याइएको गुनासो ती उच्च अधिकृतले गरे ।

त्यो समयमा तह घटुवा गरेर ल्याएको डीआईजी कृष्णभक्त ब्रम्हाचार्यले पनि स्वीकारे । 

‘त्यो बेलमा पनि क्याप्टेनलाई इन्स्पेक्टरमा ल्याइयो । इन्स्पेक्टरभन्दा माथि सेनाको क्याप्टेन हुन्छ,’ डीआईजी ब्रम्हाचार्यले लोकान्तरसँग भने ।

यसअघिको नजिर

यसभन्दा अगाडि सशस्त्र प्रहरी बलमा सेनाबाट आएका उच्च अधिकृतले सर्वोच्चमा मुद्दा दायर गरेपछि १ जना सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) अनिवार्य अवकाशमा गएका थिए । 

पछि विक्रम संवत् २०७० सालमा तत्कालीन सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईले सेवा अवधिको गणना थप गर्नु पर्ने माग गरेको मुद्दामा तत्कालीन न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै सेवा अवधिमा तालिम अवधि पनि जोडिने फैसला गरेका थिए । 

त्यो फैसलापछि एआईजी ऋषभदेव भट्टराई ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।

नेपाली सेनाबाट एपीएफमा स्थानान्तरण भएका उच्च अधिकृतहरूमा मंसिर २८ पछि डीआईजी चन्द्रप्रकाश गौतम (सीपी गौतम) मात्र रहने छन् । 

हाल डीआईजी रहेका नगेन्द्रकुमार थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिश्चन्द्र अधिकारीले अनिवार्य अवकाश पाएपछि उनी मात्र एपीएफमा सेनाबाट आएका उच्च अधिकारी रहने छन् । ३ वैशाख २०५२ मा सेनामा प्रवेश गरेका डीआईजी गौतम हालको ३० वर्षे सेवा अवधि यथावत् रहेको अवस्थामा २ वैशाख २०८२ सम्म सेवामा रहनेछन् ।

डीआईजी सीपी गौतम, राजु अर्याल र नारायण दत्त पौडेल २०७५ कात्तिक ६ गते तीनै जनासँगै एसएसपीबाट डीआईजीमा बढुवा भएका हुन् ।

नेपाल प्रहरीमा कार्यरत ९ हजार ८ सय १४, नेपाली सेनाका १ सय २० र करारमा ६१ जनालाई राखी सशस्त्र प्रहरी बल गठन गरिएको थियो । 

नेपाली सेनाबाट स्थानान्तरण भई आएकामध्ये सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ मात्र सशस्त्रको नेतृत्वमा पुगेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x