बरुण धवनको कुली नं. १ सिनेमाघरमा प्रदर्शन हुने

वरुण धवनको कुली न. १ लाई उनका बुबा डेभिड धवनले निर्देशन गरेका हुन्  ।

१९९५ मा डेभिडले यहि नामबाट चलचित्र बनाएका थिए, त्यतिबेला चलचित्रमा गोविन्दा र करिश्मा कपूरले काम गरेका थिए । सोहि नामबाट अहिले पुनः अर्को चलचित्र पनि तयार भएको छ । यो चलचित्रको निकै प्रचार प्रसार भइरहेको छ ।


Advertisement

डेभिडले जहिलेपनि सामान्य दर्शकहरूलाई ध्यानमा राख्दै चलचत्रिहरु बनाउँछन् । उनका सबैजसो चलचित्र हेर्दा दर्शकले मनोरन्जनको दुनियाँमा हराउँछन् ।

कोरोनाको कारण अहिलेको अवस्थालाई ध्यानमा राख्दै धेरै चलचित्र निर्माताहरूले आफ्नो चलचित्र ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन गरिरहेका छन् । अहिले थियटर बन्द जस्तै छ । थियटरवालाहरुले प्रत्येक महिना बिजुली बिल तिरिरहेका छन् । उनीहरूले पछिल्लो आठ महिनादेखि एक रुपैयाँ पनि कमाएका छैनन् ।


Advertisement

कुली नम्बर १ अमेजन प्राइम भिडियोमार्फत प्रदर्शन हुने पक्का छ । चलचित्र निर्माण पक्षले यो चलचित्र हलहरुमा पनि प्रदर्शन गर्ने निर्णय गरेको छ ।

निर्देशक डेभिडले चाहेका छन् कि यो चलचित्र ओटीटीका साथै थियटरहरुमा पनि प्रदर्शन होस् । एउटा वर्गले थियटर्मा चलचित्र हेर्न सक्छ तर ओटीटीमार्फत हेर्न सक्ने अवस्था छैन, डेभिडले मिडियासामु भनेका छन्, सोहि कारण यो चलचित्र हलमा पनि प्रदर्शन गर्ने योजना गराइएको हो ।

ओटीटीसँगै दर्शकका लागि हलमा प्रदर्शनका लागि तयार भएको यो चलचित्र पहिलो हो । अक्षयकुमारको पछिल्लो चलचित्र ओटीटीमार्फतबाहेक अन्य स्थानबाट प्रदर्शन भएको छैन ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्