×

NMB BANK
NIC ASIA

नेकपा विवाद उत्कर्षमा पुगेका बेला ओली–देउवा घण्टौं छलफल !

मंसिर ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारको नेतृत्वकर्ता दल (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो भेटवार्ता भएको छ । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ओली र देउवाबीच भएको लामो भेटवार्ताले कांग्रेस र नेकपा वृत्तमा तरंग सिर्जना गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका एक प्रभावशाली नेताले ओली र देउवाबीचको भेटवार्तालाई अस्वीकार गरेनन् । ‘उहाँहरूबीच कुराकानी भएको होला, यसबारे मलाई धेरै जानकारी छैन,’ उनले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

केही सहयोगी नेता राखेर ओली र देउवाले विभिन्न विषयमा छलफल गरेका थिए ।

Vianet communication
Laxmi Bank

कांग्रेस स्रोतका अनुसार संवैधानिक आयोगमा नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेतासँग परामर्श गर्न खोजेका थिए ।

प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

यस पटकको भेटमा ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव राखेको नेकपा र कांग्रेस वृत्तमा चर्चा छ । 

यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत असार १७ र २१ गते पनि ओली र देउवाबीच लामो छलफल भएको थियो । 

त्यो बेला पनि ओलीले देउवासँग सत्ता साझेदारीका लागि प्रस्ताव गरेको चर्चा बाहिर आएको थियो । 

कांग्रेस केन्द्रीय समिति बैठकमा समेत यसबारे प्रश्न उठेपछि देउवाले जवाफ दिएका थिए । 

यसपटक पनि ओलीले सरकार अप्ठ्यारो परेको अवस्थामा देउवासँग सहयोगका लागि आग्रह गरेको टीकाटिप्पणी भइरहेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍. मीनेन्द्र रिजालले सत्ता साझेदारीबारे छलफल भएको भन्ने कुरा सत्य नभएको दाबी गरे ।

‘कम्युनिस्ट पार्टी फुटेको प्रमाण छैन, फुटेको प्रमाण लिएर आएमा यसबारे सोचौंला,’ रिजालले टिप्पणी गरे । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै ७ पृष्ठ लामो पत्र र सचिवालयमा राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । 

सो पत्रमा प्रचण्डले ओलीलाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको तथा संसद विघटन गर्न खोजेको आरोप लगाएका थिए । 

‘पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड ? यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि ? संकटकाल लगाएर जान्छु भन्ने हो कि ? सदन विघटन गर्ने कुरा हो कि ? मैले बुझेको छैन,’ प्रचण्डले पत्रमा भनेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x