शेयर बजारमा दिनदिनै तोडिँदै रेकर्ड, कारोबार रकम ७ अर्ब नजिक

पछिल्ला दिनहरूमा शेयर बजारमा आकर्षण बढ्दै गइरहेको छ, जसका कारण कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम भएको छ । 

साताको पहिलो दिन आइतवार करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 


Advertisement

बिहीवार ६ अर्ब ११ करोडको शेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएकोमा आइतबार सो रेकर्ड तोड्दै करिब ७ अर्बको शेयर किनबेच भएको हो ।  

आज २०१ कम्पनीका १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर ६ अर्ब ८७ करोड ८७ लाख ८७ हजार रुपैयाँको शेयर किनबेच भएको हो ।


Advertisement

स्टकका अनुसार कारोबार भएका कूल १२ उप समूहका सूचकहरुमध्ये आइतबार ३ वटा उप समूहको शेयर बढेको छ भने बाँकी ९ वटा उप समूहको शेयर घटेको छ ।

बिहीवार १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर कारोबार भएको छ। यसअघि बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएका थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्