×

NMB BANK
NIC ASIA

संसद् बोलाउन वास्ता छैन, तर एकपछि अर्को अध्यादेश

मंसिर ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले असोजयता ४ वटा अध्यादेश ल्याइसकेको छ भने अर्को अध्यादेश आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बलात्कारका घटनामा संलग्नहरूलाई कडा कारबाही गर्ने प्रावधान राखेर पाँचौं अध्यादेश ल्याउन लागिएको हो । संसद् अधिवेशन चलेको भए अध्यादेश ल्याउनु पर्दैनथ्यो । संसद्बाटै विधिवत् छलफल र बहस गरेर नयाँ कानुन निर्माण वा संशोधन हुन सक्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले ल्याइएका र जारी हुने क्रममा रहेका अध्यादेश दूरगामी महत्त्व राख्ने अत्यावश्यक खालका नै छन् । संसद् अधिवेशन नभएका बेला यस्ता अध्यादेश ल्याउने अधिकार सरकारलाई छ । तर अधिवेशन बोलाउन छाडेर यसरी धमाधम अध्यादेश ल्याइँदा संसद् छलिरहने सरकारको नियत त होइन भनेर शंका पनि उठ्ने गरेको छ ।


Advertisment
Nabil box
Kumari

सरकारको वार्षिक बजेट पारित गरेपछि गत असार १८ मा संसद्को छैटौं अधिवेशन सत्ता र प्रतिपक्षका सांसदहरूलाई जानकारी नदिई ‘हठात्’ अन्त्य गरिएको थियो । त्यसपछि साढे चार महिना बित्दा पनि अधिवेशन बोलाउन न सरकारको हतारो देखिएको छ न प्रमुख प्रतिपक्षको चासो । सत्ता पक्षका लागि संसद् अधिवेशन नभएका बेला सरकार सञ्चालनमा झमेला नपर्ने भएकाले अधिवेशन बोलाउन हतारो हुँदैन । तर प्रमुख विपक्षी दल कांग्रेसले पनि अधिवेशनका लागि पहल गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बालुवाटार नै पुगेर भेटेका कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउने सम्बन्धमा कुरा राखेनन् । बरु संवैधानिक नियुक्तिदेखि सत्तारूढ दलभित्रकै किचलोका विषयमा विमर्श गरे । देउवासँगको भेटको भोलिपल्टै ओलीले अर्को अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

Vianet communication
Laxmi Bank

सत्तारूढ नेकपामा यतिबेला आन्तरिक कलह चुलिएको छ । यो विवादका कारण पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफू अनुकूल अध्यादेश ल्याउन सकिने ‘हतियार’ लाई जीवितै राख्न चाहेको देखिन्छ । उता कांग्रेस सभापति देउवा नेकपाको कलहमा ओलीलाई कसरी सहज हुन्छ र आफूले कहाँबाट उनलाई रिझाएर संवैधानिक निकाय र अन्य केही स्थानमा आफ्नो मान्छे भर्ती गर्न पाइन्छ भन्ने रणनीति बनाएर बसेको कांग्रेसकै सांसद बताउँछन् । ‘देउवाजी बालुवाटार (प्रधानमन्त्री ओली) र खुमलटार (नेकपा अध्यक्ष पुष्पकमल दाहाल) जुधे आफूलाई कसरी फाइदा हुन्छ भनेर बसेपछि कसरी संसद्को अधिवेशन बोलाउन पहल गर्नुहुन्छ ?’ ती सांसदले भने । संसद् अधिवेशन हठात् अन्त्य गरिँदा सुरुआतमा कांग्रेसका केही नेताले विरोध गरे पनि सभापति देउवा चुप लागेर बसेका थिए ।

कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठक कात्तिक २८ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको थियो । उक्त बैठकमा पार्टीका तीन नेता गगन थापा, धनराज गुरुङ र अर्जुन जोशीले संकटका बेला जनप्रतिनिधिहरूले जनताको आवाज बोल्नुपर्ने र त्यसका लागि तत्काल संसद्को हिउँदे अधिवेशन बोलाउन कांग्रेसले सरकारलाई दबाब दिनुपर्ने र अन्य राजनीतिक दलसँग सहकार्य गर्नुपर्ने माग राखेका थिए ।

‘हामीले पहिलेदेखि नै संसद् अधिवेशन बोलाउनुपर्छ । कोभिड–१९ लगायतका विषयमा जनताको आवाज संसद्मा पुर्‍याउन हतार भइसक्यो । संविधानले दिएको अधिकार प्रयोग गरेर सरकारलाई हामीले सही बाटोमा हिँडाउनुपर्छ भन्दै सभापतिलाई आग्रह गर्‍यौं । तर उहाँ र उहाँनिकट नेताहरूले गम्भीर रूपमा त्यसलाई लिनु भएन,’ सांसद थापाले भने । उनले संसद् बोलाउन ढिलो भइसकेको बताए ।

सभापति देउवानिकट नेत्री तथा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल भने आफ्नो पार्टी संसद् बोलाउने पक्षमा रहेको बताइन् । ‘सभापतिजीले चाडपर्व सकिएपछि संसद् बोलाउन पहल गर्ने भन्नुभएको थियो । हिजो भर्खरै छठ सकिएको छ । अब अन्य दलहरूसँग पनि पहल गरेर अघि बढ्ने सवालमा कुरा हुनेछ,’ उनले आइतबार भनिन् ।

एक नेताका अनुसार कात्तिक २३ गते देउवा निवास बूढानीलकण्ठमा बसेको केही केन्द्रीय समिति सदस्य तथा पूर्व र वर्तमान पदाधिकारीहरूसहितको अनौपचारिक बैठकमा देउवा आफैंले संसद् बोलाउन कांग्रेसले पहल गर्ने विचार राखेका थिए । तर पछि नेकपाभित्र विवाद आएपछि देउवाले संसद् बोलाउने सम्बन्धमा कुनै कुरा गरेका छैनन् । ‘हाम्रा सभापतिजी प्रधानमन्त्रीजीसँग नजिक भएर काम गरिरहनुभएको छ,’ कांग्रेसका अर्का एक नेताले भने ।
कांग्रेस सांसद मीनेन्द्र रिजालले अब अन्य पार्टीहरूसँग सल्लाह गरेर संसद्को अधिवेशन बोलाउन कांग्रेस अघि बढ्नुपर्ने बताए । कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x