×

NMB BANK
NIC ASIA

सुत्केरीको मृत्युपछि स्वास्थ्यकर्मी भागे

मंसिर ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 शल्यक्रियाबाट प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएपछि चिकित्सकको लापरबाही भन्दै आफन्तले लहान–३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा तोडफोड गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सुखीपुर–९ बैसाखा मोहनपुरीकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको थियो । घटनापछि आक्रोशित आफन्तले तोडफोड गरेपछि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी भागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृतकका आफन्तले आइतबार बिहान पूर्वपश्चिम राजमार्गमा २ घण्टा आवागमन अवरुद्ध पार्नुका साथै अस्पताल अगाडि दिनभर प्रदर्शन गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘डाक्टरको लापरबाहीले मेरी पत्नीको मृत्यु भएको हो,’ प्रमोद साहले भने, ‘लापरबाही गर्नेलाई कारबाही हुनुपर्छ ।’ आक्रोशितको भीडले अस्पतालको गेटमै रहेको फार्मेसीका औषधि, फर्निचरलगायत फाल्नुका साथै सिसा तोडफोड गरेको छ । शल्यक्रियाका क्रममा आमाको मृत्यु भए पनि नवजात शिशु भने सकुशल छन् । उनलाई त्यहाँबाट सप्तऋषि अस्पतालमा सारिएको छ । जेठो छोरा ८ वर्षको भएपछि आरतीलाई दोस्रो सन्तानको जन्मका लागि अस्पताल लगिएको थियो । आरतीको अपरेसन अस्पताल सञ्चालकसमेत रहेका डा. चन्द्रशेखर यादवसहित चार जनाको टोलीले गरेको थियो ।

Vianet communication
Laxmi Bank

‘अपरेसनबाट छोरी जन्मिएपछि राति साढे ७ बजेसम्म डाक्टरले आरतीलाई ठीकै छ भनेका थिए,’ प्रमोदले भने, ‘त्यसपछि डा. यादवसहित अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी एक–एक गरी ९ बजेभित्रै सबै निस्किए ।’ शल्यक्रिया गर्ने क्रममा आरतीको मृत्यु भएपछि मृतकलाई त्यत्तिकै छाडेर डाक्टरसहित सबै एक–एक गरी भागेको पीडितका आफन्तले बताए । अस्पतालविरुद्ध प्रमोदले प्रहरीमा उजुरी दर्ता गराएका छन् । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मोबाइल अफ गरेर सम्पर्कविहीन भइ बसेका छन् । शव पोस्टमार्टमका लागि धरान पठाएर घटनाको छानबिन भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षत्रीले बताए ।

जिल्ला प्रशासन कार्यालयले पनि घटनाको छानबिन गर्न समिति गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवको संयोजकत्वको समितिले उक्त अस्पतालको सञ्चालन अनुमतिसँगै घटनाको छानबिन थालेको जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा १५ शय्यासम्मको अस्पताल सञ्चालन अनुमति स्थानीय तहबाटै दिन सकिने प्रावधान छ । लहानमा लहान अस्पताल, सप्तऋषि अस्पताल र पिपुल लिभिङ गरी तीनवटा अस्पतालले मात्र सञ्चालन अनुमति लिएको नगरपालिकाका स्वास्थ्य प्रमुख रामसुन्दर यादवले बताए । कान्तिपुर दैनिकमा भरत जर्घामगरले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x