×

NMB BANK
NIC ASIA

बंगालको विधानसभा चुनाव जित्न भाजपाले बनायो यस्तो योजना

मंसिर ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको बिहारमा भाजपा–जदयूको सरकार बन्नेबित्तिकै भाजपाको पूरा ध्यान पश्चिम बंगालमा केन्द्रित भएको छ । 

Muktinath Bank

सन् २०२१ मा पश्चिम बंगाल विधानसभा चुनाव छ र यसपालि भाजपाले बंगालबाट ठूलो आशा गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकसभा निर्वाचनमा भाजपाले पश्चिम बंगालमा १८ सीट जितेको थियो र तृणमूल कांग्रेसलाई झट्का दिएको थियो । 


Advertisment
Nabil box
Kumari

बंगालमा भाजपा २०० प्लसको नारा लिएर मैदानमा ओर्लेको छ । यसका लागि ऊ आक्रामक देखिन संशोधित नागरिकता कानून छिटो लागू गराउने कुरा गरिरहेको छ । 
 

Vianet communication
Laxmi Bank

भाजपाले बंगालका लागि कोर टीम गठन गरेको छ । त्यसमा ११ मानिस छन् । धेरैजसो केन्द्रीय नेता यस कोर टीममा छन् । 

सबै समीकरणलाई ध्यानमा राख्दै यो कोर टीम बनाएको हो । कोर टीम हरेक विधानसभा क्षेत्रको मूड र समीकरण बुझेर उम्मेदवारहरूको आधारभूत सूची बनाउनेछ । कुनै पनि सीटमा कमजोर उम्मेदवार नउठाउने उसको सोच छ । 

पश्चिम बंगालमा २९४ विधानसभा क्षेत्र छन् । भाजपाले यिनलाई पाँच जोनमा बाँडेको छ । 

पश्चिम बंगालमा भाजपाका कैयौं नेताहरू तृणमूल कांग्रेसबाट आएका छन् । पार्टीभित्र गुटहरूको चलखेल छ । गुटबन्दीका कारण आफूलाई घाटा नलागोस् भनी केन्द्रीय नेतृत्वले निकै ध्यान दिइरहेको छ । 

पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र पूर्व अध्यक्ष अमित शाह आफैं कमान्ड सम्हालिरहेका छन् । उनीहरू महिनाको एकपटक पश्चिम बंगाल पुग्ने भएका छन् । रणनीति बनाउन मात्र नभई समर्थक तथा मतदातामा अपनत्वको सन्देश प्रवाह गर्न पनि उनीहरूको नियमित भ्रमण राखिएको हो । 
 

भाजपाले नारा पनि एई बार बांग्ला, पारले सामला भनेर दिएको छ । यसको अर्थ हो – अब बंगालको पालो, रोक्न सके रोक । यस नाराले पनि भाजपाको आक्रामक दृष्टिकोणलाई उजागर गर्छ । 
 

भाजपाले पश्चिम बंगाल चुनावमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहार भजाउन खोजेको छ । मोदीको लोकप्रियता कायम छ र मतदाताहरू उनको नाममा भोट दिन्छन् भन्ने कुरा बिहार विधानसभा चुनावले स्पष्ट पारिसकेको छ । 

पश्चिम बंगालको ममता बनर्जी सरकारप्रति भाजपा आक्रामक छ । केन्द्र सरकारले बनाएका योजनाहरूको फाइदा पश्चिम बंगालका मानिसहरूसम्म ममता सरकराले पुग्न नदिएको भनी भाजपाले जनतालाई लगातार बताइरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x