
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुरोट र रक्सी व्यवसायीले धेरै कर तिर्ने अर्थतन्त्रमाथि प्रश्न गरेका छन् ।
सोमवार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले अर्थराजनीतिमा विमर्श गर्नुपर्ने आवाज उठाएका छन् ।
उनले लेखेका छन्, ‘हाम्रो अर्थतन्त्रको पाराः सबभन्दा बढी राजस्व तिर्ने – चुरोट र रक्सी व्यवसायी ! अनि रेमिटेन्स कारोबारी ! अनि विदेशी गाडी आयातकर्ता ! अनि अस्पताल सञ्चालक ! इ.इ. ! त्यो आन्तरिक राजस्व राज्यसञ्चालन गर्नेहरूको तलबभत्ता लगायत साधारण खर्च निम्ति ठीक्क ! अब आएन त समाजवाद ? हाम्रो विमर्शमा अर्थराजनीति खै ?’
हाम्रो अर्थतन्त्रको पारा:सबभन्दा बढी राजस्व तिर्ने- चुरोट र रक्सी व्यवसायी!अनि रेमिटेन्स कारोबारी!अनि विदेशी गाडी आयातकर्ता!अनि अस्पताल संचालक!इ.इ.!त्यो आन्तरिक राजस्व राज्यसंचालन गर्नेहरूको तलबभत्ता लगायत साधारण खर्चनिम्ति ठीक्क! अब आएन त समाजवाद? हाम्रो विमर्शमा अर्थराजनीति खै?
— Baburam Bhattarai (@brb1954) November 23, 2020