×

NMB BANK
NIC ASIA

पेन्टिङको काम गरेर किनेको मोटरसाकइल हराउँदा एकछिन बसेरै रोए, ४ वर्षपछि भेटिँदा दंग

मंसिर ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उमाकान्त दवाडी महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा ४ वर्षअगाडि हराएको मोटरसाइकलको अगाडि बसेर मुस्कुराइरहेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

‘प्रहरीले खोज्ला र बाइक भेटिएला भन्ने त लागेकै थिएन । तपाईंको कहिले हराएको ?’ दवाडीले नजिकै रहेका अर्का एक जनासँग भन्दै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दवाडी २०७४ सालमा पेन्टिङको काम गर्थे । काठमाडौं संर्घषको जीवन बिताइरहेका उमाकान्तलाई त्यो बेलामा मोटरसाइकल किन्ने सपना जस्तै थियो । 


Advertisment
Nabil box
Kumari

घरमा पेन्टिङ गर्दै साथीभाइसँग ऋण र सपाटी पैसा लिएर नुवाकोटका एक जना चिने जानेका साथीसँग १० हजार पैसा पछि दिने शर्तमा बा २४ प ५२९८ नम्बरको साइन बाइक किनेका थिए । 

Vianet communication
Laxmi Bank

त्यसको १५ दिनपछि उनले एउटा घरको पेन्टिङ गर्न अग्रिम लिएको पैसाले मोटरसाइकल पास गरेका थिए ।

पेन्टिङकै काम गर्ने क्रममा उनले ठमेलमा एउटा होटलमा पेन्टिङ गर्ने जिम्मा पाए । उनले बाइक बाहिर राखेरभित्र पेन्टिङ गरिराखेको अवस्थामा २०७४ फागुन २९ गते बाइक हरायो ।

काम सकेर बेलुका घर जान बाहिर निस्किँदा उनको मोटरसाइकल चोरी भइसकेको थियो ।

किनेको ३ महिना नहुँदै मोटरसाकइल हराएपछि उनका आँखामा आँसु आएको कुरा अहिले पनि सम्झन्छन् ।

‘कलर गर्ने मान्छे, सानो दुःखले किनेको थिइनँ । बाइक हराउँदा त आँसु नै झर्‍यो,’ उमाकान्तले लोकान्तरसँग भने, ‘हराएको २ दिन त खाना खान पनि मन लागेन, काम गर्न पनि ।’

त्यसपछि उनले अर्को दिन कसैले त्यहीँ ल्याएर राखिदिन्छ कि भनेर हेरे, तर उनको त्यो आशा मात्रै थियो । काम गर्ने घरकै साहुको सल्लाहमा उनले महानगरीय ट्राफिक प्रहरी बग्गीखानामा उजुरी दिए ।

२ वर्ष पुगिसक्दा पनि नभेटिएपछि उनले फेरि अर्को मोटरसाइकल किनेर चढ्न थाले । तर दुःखले किनेको मोटर साइकल भएकाले नम्बर भने बिर्सेका थिएनन् ।

‘दुःखले नै किनेको भएर होला नम्बर बिर्सेको थिइनँ, अझै पनि बिर्सिदिनँ,’ उमाकान्तले लोकान्तरसँगको कुराकानीमा भने ।

उनले त्यो मोटरसाइकलको माया नै मारिसकेका थिए । तर १५ दिन अगाडि उनले ठमेलमै एक जना मानिसले चढेको फेला पारे । उनले उक्त मोटर साइकललाई रोकेरै सोधे, ‘यो मोटरसाइकल कोसँग किनेर चढ्नुभएको हो ?’ 

मोटरसाइकल चढ्ने व्यक्ति सादा पोशाकका प्रहरी थिए । चोरीको मोटरसाइकल बरामद भएपनि वास्तविक धनी सम्पर्कमा नआएकाले आफूले चढेको जवाफ उनले दिए ।

‘प्रहरीले १ वर्ष अगाडि नै भेट्टाएको रहेछ, यातायातको ढड्डामा भएको फोन नम्बर म पहिले बस्ने घरबेटीको भएका कारण म कहाँ सम्पर्क नभएको रहेछ,’ उमाकान्तले भने ।

४ वर्षपछि भएपनि उनी अहिले खुशी छन् । 

‘म धेरै खुशी छु, यो मोटरसाइकल बेच्दिनँ दुःखमा किनेको भएर होला भेटियो,’ उकामान्तले हँसिलो अनुहारमा भने ।

त्यस क्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले आफ्ना सवारी सुरक्षित ठाउँमा पार्किङ गर्न अनुरोध गरे ।

‘आफ्नो सवारी साधनलाई सुरक्षित ठाउँमा पार्किङ र डबल लक लगाउँदा चोरिने सम्भावना कम हुन्छ,’ एसएसपी ढकालले भने ।

जाँदा जाँदै एसएसपी ढकालले घूस नलिने १९ जना ट्राफिक प्रहरीलाई सम्मान गरेका छन् । 

‘शून्य सहनशीलतालाई अक्षरसः पालना गरेर घूस इन्कार गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन स्वरुप सम्मान गरेका हौं,’ एसएसपी ढकालले भने, ‘एक वर्षमा यस्ता एकसय जना प्रहरीलाई सम्मान गरिसकेका छौं ।’

उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउँछौंः नयाँ ट्राफिक प्रमुख भट्टराई

उपत्यकाको ट्राफिक व्यवस्थापनले देशभरिको ट्राफिकलाई झल्काउने भएकाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने नयाँ आएका ट्राफिक प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

‘उपत्यकाको ट्राफिक नै देशभरको ट्राफिक व्यवस्थापनको केन्द्र भएकाले यसलाई राम्रो बनाउने प्रयास गर्नेछु,’ एसएसपी भट्टराईले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x